0 प्रतिक्रिया
कुम्मायकमा प्रथम सृजनहाङ युवा गोल्ड कप हुने
AI सारांश
Fast AI१. पाँचथरको कुम्मायक गाउँपालिकामा असोज १९ देखि २३ गतेसम्म प्रथम सृजनहाङ युवा गोल्ड कप प्रतियोगिता आयोजना हुने भएको छ।
२. पाँच दिनसम्म संचालन हुने फुटबल प्रतियोगितामा फाल्गुनन्द र कुम्मायक गाउँपालिका १२ टीम सहभागी हुने छन्।
३. प्रतियोगिताको बिजेताले नगद ५० हजार ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपबिजेता टोलीले नगद ३० हजार ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकामा प्रथम सृजनहाङ युवा गोल्ड कप प्रतियोगिता हुने भएको छ। सृजनहाङ युवा साँस्कृतिक क्लवले चाडपर्वको अवसर पारेर असोज १९ देखि २३ गतेसम्म गोल्ड कप आयोजना गर्ने भएको हो।
आइतवार कुम्मायक गाउँपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी क्लवले प्रतियोगिताबारे जानकारी गराएको हो। पाँच दिनसम्म संचालन हुने फुटबल प्रतियोगिता फाल्गुनन्द र कुम्मायक गाउँपालिका १२ टीम सहभागी हुने आयोजक क्लबका बिबि कुमार चेम्जोङले बताउनुभयो।
प्रतियोगिताको बिजेताले नगद ५० हजार ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपबिजेता टोलीले नगद ३० हजार ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन। प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, बेष्ट मिडफिल्डर, राइजिङ स्टर र उत्कृष्ट डिफेण्डरलाई नगद ट्रफि, मेडल प्रदान गर्ने क्लवका अध्यक्ष चोम्जोङले बताए।
प्रतियोगिताको मुख्य प्रर्वद्धक कुम्मायक गाउँपालिका रहेको छ। प्रतियोगिता सम्पन्न गर्न ७ लाख रुपैयाँसम्म लाग्ने अनुमान गरिएको छ। पत्रकार सम्मेलनमा कार्यक्रममा प्रमुख अथिति समेत रहनुभएका गाउँपालिका अध्यक्ष वमप्रसाद लावतीले गाउँपालिकामा आयोजना हुने खेलकुदका गातिविधिलाई गाउँपालिकाले सहयोग गर्दै जाने बताउनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









