+
+

विश्रामपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी जीर्ण भवनबाट सेवा दिन बाध्य

64 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ मंसिर २२, शनिबार ०९:०३
-- Sponsored --

AI सारांश

Fast AI

बहुदरमाई नगरपालिका ९ विश्रामपुरस्थित स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी जीर्ण भवनबाट सेवा दिन बाध्य छन्।
२०२६ सालमा निर्माण भएको यो स्वास्थ्य चौकी क्षेत्रकै पुरानो भवन हो ।
स्वास्थ्यकर्मीहरूले वर्षातको समयमा पानी समेत चुहिने गरेको गुनासो गरेका छन् ।

बिरगञ्ज, २२ मंसीर । पर्साको बहुदरमाई नगरपालिका ९ विश्रामपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी जीर्ण भवनबाट सेवा दिन बाध्य छन् ।

स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसमेत सञ्चालन भएकाले स्वास्थ्यकर्मी राति यिनै भवनमा बस्ने गरेका छन् । २०२६ सालमा निर्माण भएको यो स्वास्थ्य चौकी क्षेत्रकै पुरानो भवन हो ।

एक कार्यालय सहयोगी र तीन स्वास्थ्यकर्मी उक्त भवनमा बस्ने गरेका छन् । भवनका विभिन्न भागमा चर्किएका छन्, सुत्ने कोठा र भान्साको सिलिङ उप्किएर प्लास्टर भुइँमा झरेको छ । वर्षातको समयमा पानी समेत चुहिने गरेको स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन् ।

स्वास्थ्यकर्मीका अनुसार गत वर्षको वर्षातमा भान्सा कोठाको सिलिङको प्लास्टर ग्यास चुलामाथि झरेको थियो । ‘ठूलो आवाजसहित सिलिङको प्लास्टर चुलोमाथि झरेको थियो, चुलो कुच्चिएर काम नलाग्ने भएको छ ।’ राति सुत्नसमेत डर लाग्ने अवस्था भएको स्वास्थ्यकर्मी बताउँछन् । उक्त बर्थिङ सेन्टरमा मासिक करिब पाँच जना गर्भवती महिला आउने गर्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win