0 प्रतिक्रिया
कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु बिमान किन्ने
AI सारांश
Fast AIयस नेपाली समाचारलाई ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:
१. कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु बिमान किन्ने भएको छ, जुन हाल बेलायतको भ्रमणमा रहेका कतारका अमिर एमीर अल थानीले घोषणा गरेका हुन्।
२. कतार सरकारले कतार वायुसेना र युनाइटेड किंगडमको रोयल एयर फोर्सबीच ब्रिटिश स्क्वाड्रनको रूपमा संयुक्त तालिम र युरो फाइटर कार्यक्रमको लागि २०३० पछि पनि सहयोग जारी राख्ने जनाएको छ।
३. कतारले सन २०२७ मा ७.६ बिलियन डलरमा २४ टाइफुन लडाकु बिमानहरु किनिसकेको छ, र हाल १२ वटा थप विमान खरिद गर्ने निर्णयमा पुगेकाे छ, साथै टर्कीसँग पनि ४० लडाकु विमान खरिद गर्ने योजनामा पनि वार्ता गरिरहेको छ।
कतार, २६ मंसीर । कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु बिमान किन्ने भएको छ।
हाल बेलायतको भ्रमणमा रहेका कतारका अमिर एमीर अल थानीले सो लडाकु बिमान किन्ने घोषणा गरेका हुन् ।
कतार सरकारले आधिकारिक रूपमा कतार वायुसेना र युनाइटेड किंगडमको रोयल एयर फोर्सबीच ब्रिटिश स्क्वाड्रनको रूपमा संयुक्त तालिम र युरो फाइटर कार्यक्रमको लागि २०३० पछि पनि सहयोग जारी राख्ने जनाएको छ।
उनले आफनो भ्रमणको क्रममा बेलायती प्रधानमन्त्री स्टारर र राजा चार्ल्ससँग भेटघाट गरेका थिए । कतारी अमिर बेलायती राजा र प्रधानमन्त्रीले दिएको रात्री र दिवाभोजमा सहभागी भएका थिए।
कतारले सन २०२७ मा ७.६ बिलियन डलरमा २४ टाइफुन लडाकु बिमानहरु किनिसकेको छ।
१२ वटा थप विमान खरिद गर्ने निर्णयमा पुगेकाे कतारको टर्कीसँग पनि ४० लडाकु विमान खरिद गर्ने योजनामा पनि वार्ता गरिरहेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









