Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "wc-add-to-cart" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "woocommerce" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "script" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131
Comments Add Comment

अमेरिकाले ताइवानमा पठायो ३८ वटा खतरनाक हतियार

ताइपेइ, २ पुस ।  चीन र ताइवानबीच विगत केही वर्षदेखि विवाद चलिरहेको छ।

चीनले  आफ्नो छिमेकी ताइवानलाई धेरै पटक घेरा हालेको छ। चीनले यसअघि पनि पटक पटक ताइवानलाई युद्धको धम्की दिइरहेको छ।

यसैसन्दर्भमा अब अमेरिकाले ताइवानलाई आफ्नो विशेष ट्याङ्क ‘अब्राम्स’ दिएको छ । ताइवान र चीन बिच तनाव बढीरहेको बेला अमेरिकाले हतियारको पहिलो खेप पठाएको हो । ताइवानको सेनासँग पहिले नै १ हजार ताइवान निर्मित सी एम ११ ब्रेभ टाइगर र अमेरिकी निर्मित एम ६० ए ३ ट्याङ्कहरू रहेका छन्।

ताइवानले ५ वर्षअघि नै अब्राम ट्याङ्कको माग गरेको थियो । जसको ताइवानको रक्षा मन्त्रालयले पनि पुष्टि गरेको छ । रक्षा मन्त्रालयका अनुसार अमेरिकाले पहिलो ब्याचमा ३८ वटा उन्नत अ’ब्राम’ युद्ध ट्याङ्क पठाएको छ । ताइवानले चीनसँग युद्धको खतरामा रहेको बेला यी ट्याङ्कहरू प्राप्त गरेको हो।

अहिले अमेरिकाले ताइवानलाई सहयोग गरिरहेको छ । ताइवानले पनि आफ्नो सैन्य शक्ति निरन्तर बढाउँदै लगेको छ । अमेरिकाले लामो समयदेखि ताइवानलाई हतियार उपलब्ध गराउँदै आएको छ । तर, चीनले यसबारे पटकपटक धम्की दिँदै आएको छ ।

ताइवानको रक्षा मन्त्रालयले सन् २०१९ मा उन्नत एम १ ए २ ट्याङ्कहरूको अर्डर दिएको ताइबानका सञ्चारमाध्यमले उल्लेख गरेका छन । ३८ वटा ट्याङ्कीको पहिलो समूह आइतबार राति राजधानी ताइपेई पुगेको थियो भने अझै थप ७० वटा ट्याङ्की आउन बाँकी छ । कुल १०८ ट्यांकहरू अर्डर गरिएको थियो। यी ३० वर्षमा ताइवानमा पुर्‍याइएको पहिलो आधुनिक ट्याङ्कहरू हुन्।

अब्रामलाई संसारकै उत्कृष्ट  वार ट्याङ्क मानिन्छ। अमेरिकी सेनाले यसलाई बढी प्रयोग गर्छ। यसको वजन ६८ टन छ। यो ट्याङ्कीलाई युद्धमा भयानक भनिन्छ। यस ट्याङ्कीमा उन्नत आर्मर जडान गरिएको छ। गतिशीलता राम्रो छ, ट्यांकमा १२० एमएम स्मूथ बोर बन्दुक लगाइएको छ, जसले कुनै पनि प्रकारका गोलाहरू फायर गर्न सक्छ।

यसले सशस्त्र सवारी साधनलाई सजिलै उडाउन सक्छ। यसलाई सञ्चालन गर्न मात्र ४ जनाको आवश्यकता पर्छ । यसमा कम्प्यूटराइज्ड फायर कन्ट्रोल सिस्टम, थर्मल इमेजिङ र अन्य प्रविधिको प्रयोग गरिएको छ । यो विश्वास छ कि ताइवानले अर्को २ वर्षमा अन्य ट्यांकहरू पनि पाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै