+
+

फाल्गुनन्द गोल्डकप: तीन दिनमा टिकट बिक्रीबाट चार लाख ९३ हजार रुपैयाँ सङ्कलन

130 पटक हेरिएको
Clock २०८१ पुष ८, सोमबार २३:१०
-- Sponsored --

AI सारांश

Fast AI

१. फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा तीन दिनमा गेट टिकट बिक्रीबाट रु. चार लाख ९३ हजार ७०० सङ्कलन भएको छ।
२. पहिलो दिन उद्घाटन खेलमा रु. दुई लाख २४ हजार ७०० को गेट टिकट ब्रिकी भएको थियो भने दोश्रो दिन रु. एक लाख २७ हजार ८०० सङ्कलन भएको थियो।
३. सोमवार सम्पन्न त्रिभुवन आर्मी क्लब र फिदिम स्पोर्टिङ क्लबबीचको पहिलो क्वाटरफाइनल खेलमा रु. एक लाख ४१ हजार २०० सङ्कलन भएको छ।

रवीन्द्र काफ्ले

फिदिम, ०८ पुस । गत शनिवारदेखि पाँचथरको फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा तीन दिनमा गेट टिकट बिक्रीबाट रु. चार लाख ९३ हजार ७०० सङ्कलन भएको छ।
आयोजक फिदिम स्पोर्टिङ क्लबका अनुसार पहिलो दिन उद्घाटन खेलमा रु. दुई लाख २४ हजार ७०० को गेट टिकट ब्रिकी भएको थियो। शनिवार परेकाले सो दिन फिदिमका धेरै दर्शक खेलमैदान पुगेका थिए। उक्त दिन आयोजक फिदिम स्पोर्टिङ क्लब र भारतको खर्साङ फुटवल क्लबवीच प्रतिस्पर्धा भएको थियो।


दोश्रो दिन आइतवार मछिन्द्र फुटवल क्लब काठमाडौं र झापा–११ फुटवल क्लबवीच प्रतिस्पर्धा भएको थियो। उक्त दिन गेट टिकटबाट रु. एक लाख २७ हजार ८०० सङ्कलन भएको क्लबले जनाएको छ। शनिवार र आइतवार सञ्चालित प्रि–क्वाटरफाइनलका खेलमा गेट टिकट रु. १५० का दरले विक्री भएको थियो।
सोमवार सम्पन्न त्रिभुवन आर्मी क्लब र फिदिम स्पोर्टिङ क्लबबीचको पहिलो क्वाटरफाइनल खेलमा आयोजकले रु. २०० का दरले टिकट विक्री गरेका थिए। सोमवार रु. एक लाख ४१ हजार २०० सङ्कलन भएको छ। सोमवार गेट पास पाएका ब्यक्तिहरु, विद्यार्थी, सुरक्षाकर्मी, खेलाडी, अतिथिहरु लगायत बाहेक ७०० जनाभन्दा बढी मानिसले प्रतियोगिता अवलोकन गरेका हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win