Comments Add Comment

फाल्गुनन्द गोल्डकप: तीन दिनमा टिकट बिक्रीबाट चार लाख ९३ हजार रुपैयाँ सङ्कलन

रवीन्द्र काफ्ले

फिदिम, ०८ पुस । गत शनिवारदेखि पाँचथरको फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा तीन दिनमा गेट टिकट बिक्रीबाट रु. चार लाख ९३ हजार ७०० सङ्कलन भएको छ।
आयोजक फिदिम स्पोर्टिङ क्लबका अनुसार पहिलो दिन उद्घाटन खेलमा रु. दुई लाख २४ हजार ७०० को गेट टिकट ब्रिकी भएको थियो। शनिवार परेकाले सो दिन फिदिमका धेरै दर्शक खेलमैदान पुगेका थिए। उक्त दिन आयोजक फिदिम स्पोर्टिङ क्लब र भारतको खर्साङ फुटवल क्लबवीच प्रतिस्पर्धा भएको थियो।


दोश्रो दिन आइतवार मछिन्द्र फुटवल क्लब काठमाडौं र झापा–११ फुटवल क्लबवीच प्रतिस्पर्धा भएको थियो। उक्त दिन गेट टिकटबाट रु. एक लाख २७ हजार ८०० सङ्कलन भएको क्लबले जनाएको छ। शनिवार र आइतवार सञ्चालित प्रि–क्वाटरफाइनलका खेलमा गेट टिकट रु. १५० का दरले विक्री भएको थियो।
सोमवार सम्पन्न त्रिभुवन आर्मी क्लब र फिदिम स्पोर्टिङ क्लबबीचको पहिलो क्वाटरफाइनल खेलमा आयोजकले रु. २०० का दरले टिकट विक्री गरेका थिए। सोमवार रु. एक लाख ४१ हजार २०० सङ्कलन भएको छ। सोमवार गेट पास पाएका ब्यक्तिहरु, विद्यार्थी, सुरक्षाकर्मी, खेलाडी, अतिथिहरु लगायत बाहेक ७०० जनाभन्दा बढी मानिसले प्रतियोगिता अवलोकन गरेका हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै