+
+

पहिलाे पटक टावररहित माेबाइल सेवा, भारतवाट अन्तरिक्षमा लञ्च गरिँदै उपग्रह

131 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ पुष १९, शुक्रबार ११:०९
-- Sponsored --

नयाँ दिल्ली-  भारतको अन्तरिक्ष अभियान (इसरो)ले सन् २०२५ मा धेरैका लागि विशेष बनाउने भएको छ। 

आगामी ६ महिनामा इसरोले एकपछि अर्को ठूला मिसनहरू प्रक्षेपण गर्न लागेको छ। तीमध्ये सबैभन्दा बढी चर्चामा रहेको गगनयान मिसन र भारत-अमेरिकाबीच अहिलेसम्मको सबैभन्दा महंगो संयुक्त उपग्रह ‘निसार’ अभियान हो। 

भारतीय सञ्चारमाध्यमका अनुसार यो संयुक्त अभियानको कथा यहाँ मात्र समाप्त हुँदैन, यसले चाँडै आफ्नो फोनबाट सिधा स्पेसमा कल गर्न सम्भव बनाउनेवाला पनि छ।

इसरोले यही फेब्रुअरी र मार्च भित्रमा अमेरिकी सञ्चार उपग्रह प्रक्षेपण गर्नेछ। यसको मद्दतले अब तपाईंको स्मार्टफोनले कल गर्न र स्पेसमा सिधा जडान गरेर इन्टरनेट प्रयोग गर्न सक्षम हुनेछ।

विशेष कुरा यो हो कि यसका लागि कुनै विशेष ह्यान्डसेट वा टर्मिनल आवश्यक पर्दैन। यो पूर्ण रूपमा व्यावसायिक प्रक्षेपण हुनेछ, जसलाई इसरोका वाणिज्य शाखा न्यू स्पेस इन्डिया लिमिटेडद्वारा कार्यान्वयन गर्दैछ।

यो मिसन के हो? 

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले अमेरिकाको एसटी स्पेश मोबाइल कम्पनीको उपग्रह प्रक्षेपण गर्न लागेको हो। यो मिसन विशेष टेक्नोलोजीमा आधारित छ, जसले मोबाइल फोनलाई सिधै उपग्रहहरूमा जडान गर्ने क्षमता राख्नेछ।

अमेरिकी कम्पनीले भारतबाट ठूलो सञ्चार उपग्रह प्रक्षेपण गर्न लागेको यो पहिलो पटक हो। भारतले अहिलेसम्म अमेरिकी कम्पनीका साना उपग्रह मात्रै प्रक्षेपण गर्दै आएको थियो।

यो प्रविधिको उद्देश्य संसारको जुनसुकै कुनामा, चाहे त्यो पहाड होस्, जङ्गल होस् वा समुद्रको बीचमा मोबाइल नेटवर्क उपलब्ध गराउनु हो। यो अभियान सफल भएमा अब मोबाइल टावर विना पनि कल गर्न र इन्टरनेट सेवा लिनका लागि सहजै उपलब्ध हुने भएको छ।

नेटवर्क कभरेज एक प्रमुख चुनौती भएको क्षेत्रका लागि यो क्रान्तिकारी साबित हुने इसोरोले जनाएको छ।

यो प्रणालीले कसरी काम गर्नेछ?

यो एक ठूलो र उन्नत उपग्रह हो, जुन प्रत्यक्षदेखि बिक्री प्रविधिमा डिजाइन गरिएको हो। यो स्याटेलाइटले फोनमा सिधै सिग्नलहरू पठाउने छ, जसले गर्दा मोबाइलले कुनै मध्यवर्ती टावर वा नेटवर्क बिना काम गर्नेछ।

अर्थात्, तपाईंको स्मार्टफोनको लाइन सिधै स्पेसमा जडान हुनेछ। यो मिसन इसरोको लागि अर्को उपलब्धी हो, जसले अन्तर्राष्ट्रिय अन्तरिक्ष मिशनहरूमा भारतको भूमिकालाई अझ बलियो बनाउने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

एन्टेना आधा फुटबल मैदान बराबर

यस स्याटेलाइटको एन्टेना करिब ६४ वर्ग मिटरको हुनेछ, जुन आधा फुटबल मैदान बराबर हो।  यसको तौल करिब ६००० किलोग्राम हुनेछ र भारतको श्रीहरिकोटाबाट इसरोको एलभिएम-३ रकेट (बाहुबली) मार्फत अन्तरिक्षको कक्षमा राखिनेछ।

यो प्रक्षेपण इसरोको लागि ठूलो उपलब्धी हो किनभने यसले अमेरिकी कम्पनीहरूको भारतको रकेट र प्रक्षेपण प्रणालीमा विश्वास बढाउने छ। यसअघि एलभिएम-३ ले वेन वेभ स्याटेलाइट तारामण्डललाई दुई पटक सफलतापूर्वक प्रक्षेपण गरिसकेको छ।

यसको फाइदा 

विश्वव्यापी नेटवर्क कभरेजः अब दुर्गम क्षेत्रमा पनि नेटवर्क उपलब्ध हुनेछ। विपद् व्यवस्थापनमा सहयोगीः  बाढी, भूकम्प वा कुनै पनि विपद्को समयमा मोबाइल टावरले काम नगर्दा यो प्रविधि निकै उपयोगी हुनेछ।

सस्तो र पहुँचयोग्य नेटवर्क

मोबाइल नेटवर्क कम्पनीहरूको खर्चमा कमी आउने छ, जसको प्रत्यक्ष लाभ उपभोक्तालाई हुनेछ।

यो सेवा स्पेसबाट प्रत्यक्ष कलहरू प्रयोग गर्नका लागि कसैले पनि सेवा प्रदायकहरू जस्तो कि (एयरटेल, भोडाफोन, एनटिसी, एनसेल) जस्ता मोबाइल नेटवर्क उपलब्ध गराउने कम्पनी परिवर्तन गर्न नपर्ने कम्पनीले जनाएको छ। ‘यसका लागि हामी विश्वभरका मोबाइल नेटवर्क अपरेटरहरूसँग काम गरिरहेका छौं,’ इसरोले प्रारम्भिक जानकारी दिँदै भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win