पाँचथर । संयुक्त पहिचानबादी महिलामोर्चा पान्थर जिल्ला समिति मंगलबार गठन भएको छ ।
संयुक्त पहिचानबादी महिला मोर्चाको भेलाले भावना इङवाको मुख्य संयोजकमा जिल्ला समिति गठन भएको हो । जिल्ला समिति सहसंयोजकमा नरमाया धमला र सदस्य सचिवमा नविना थुलुङ राई रहेका छन् ।
जिल्लाको आठ ओटै स्थानीय तहहरुलाई समेटेर ४८ जना सदस्यीय समिति गठन गरिएको नवनिर्वाचित संयोजक इङवाले बताइन् ।
संयुक्त पहिचानबादी मोर्चा गठन गर्नेमा प्रा.डा महेन्द्र लावती संयोजक रहेको पहिचानबादी मोर्चा, एल.वि पालुङवा अध्यक्ष रहेको नेपाल जनमुक्ति पार्टि, डकेन्द्रसिंह थेगिम संयोजक रहेको प्रदेश नं.१. पुनःनामाङ्कन संघर्ष समिति र ज्ञानबहादुर गुरुङ संघीय अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टि रहेका छन् ।