+
+

रानीभीर सहकारी भवन उद्घाटन, सुफत मुल्यको पसल संचालन

314 पटक हेरिएको
Clock २०८१ माघ २०, आईतवार ०९:२६
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको कुम्मायक गाउँपालिका–१ को रानीभीर कृषक सहकारी संस्थाको भवन उद्घाटन गरिएको छ।
२. दुई तले पक्की भवन निर्माणको लागि कोशी प्रदेश सरकार, गाउँपालिका र सेयर सदस्यहरुले रकम संकलन गरी भवन निर्माण गरेका हुन।
३. सहकारीले पन्ध्रौं बार्षिक साधारण सभा सम्पन्न गर्दै संस्थाका अध्यक्ष एगेन्द्र बहादुर खड्काले आर्थिक वर्ष २०८०/२०८१ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका–१ को रानीभीर कृषक सहकारी संस्थाको भवन उद्घाटन गरिएको छ। शनिवार निर्माण सम्पन्न भएको सहकारीको भवन गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले उद्घाटन गर्नुभएको हो। दुई तले पक्की भवन निर्माणको लागि कोशी प्रदेश सरकार, गाउँपालिका र सेयर सदस्यहरुले रकम संकलन गरी भवन निर्माण गरेका हुन।
भवन निर्माणको लागि कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा ५ लाख, कोशी प्रदेस सरकारले आर्थिक वर्ष २०७९/०८० मा १० लाख, र पुनः गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा ५ लाख गरी २० लाख खर्च भएको थियो । त्यस्तै सहकारीका सेयरसदस्यहरुले १९ लाख रुपैयाँको रकम संकलन गरी कुल ३९ लाखमा भवन निर्माण गरिएको संस्थाका सचिव टंक पौडेलले जानकारी दिनुभयो।
भवन उद्घाटनसंगै सहकारीले पन्ध्रौं बार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ। साधारण सभामा संस्थाका अध्यक्ष एगेन्द्र बहादुर खड्काले आर्थिक वर्ष २०८०/२०८१ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा सहकारीको सेयर पुँजी ३८ लाख ५७ हजार ८ सय रुपैयाँ रहेको उल्लेख गरिएको छ। सहकारीको निक्षेप बचत आर्थिक वर्ष २०८०/०८१ को ७ लाख ४१ हजार ३०९४ रुपैयाँ रहेको छ । त्यस्तै सस्थाको स्थायी सम्पत्ती जग्गा र भवन सहित ४१ लाख १३ हजार ३६४ रुपैयाँको रहेको जानकारी गराइएको थियो ।
संस्थाको आर्थिक प्रतिवेदन तथा खर्च र अनुमानित आम्दानी सहितको प्रगति प्रतिवेदन सचिव टंक प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो । भने् लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन चन्द्र बहादुर थुलुङले प्रस्तुत गर्नुभएको थियो । भवन उद्घाटन तथा साधारण सभाका प्रमुख अथिति गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले गाउँपालिका, प्रदेशको सहयोगसंगै सेयरसदस्यहरुको योग्दानले भवन निर्माण भई सुफत मुल्यको पसल संचालनमा आएको भन्दै सहकारीको प्रशंसा गर्नुभएको थियो । उहाँले सफुत मुल्यको पसल व्यावस्थित रुपमा संचालन गरी सहकारीका किसानले उत्पादन गरेको कृषिजन्य बस्तुको खरिद बिक्री गर्न समेत सुझाव दिनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा केही रकम बिनियोजन गरी किसानले उत्पादन गरेका कृषि जन्य बस्तुको बजारीकरणको लागि पहल सुरु गरेको स्मरण गर्दै यसलाई दीर्घकालीन रुपमा अभियानको रुपमा संचालन गर्ने दावी गर्नुभयो । कार्यक्रममा हाम्रो बचत तथा ऋण सहकारी संस्था यासोकका व्यवस्थापक मोती तिम्सिना, त्रिशाली महिला सहकारी संस्था अध्यक्ष उमा चाम्लिङ र जिल्ला कृषि सहकारी संघ सदस्य उर्मिला निरौलाले संस्थाको दिगोपनाको लागि सुभकामना व्यक्त गर्नुभएको थियो ।
२०६६ सालमा स्थापना भएको सहकारी संस्थाले सुफत मुल्यको पसल समेत संचालनमा ल्याएको छ । सस्थाले केही दिनमै सुफत मुल्यको पसलमा राखिएका खाद्यबस्तुहरुको बिक्री लागि मुल्य निर्धारण गर्ने तयारी अघि बढाएको छ । संस्थाका १७९ जना सेयर सदस्य लगायत वडाबासीलाई सुफत मुल्यमा पेयपर्दाथ तथा खाद्यबस्तुहरु उपलब्ध गराउँने संस्थाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win