+
+

प्रकाशमानले भने– गुट–उपगुटले कांग्रेस कमजोर भयो

136 पटक हेरिएको
Clock २०८१ फाल्गुन १३, मंगलवार १४:०८
-- Sponsored --

काठमाडौं, १३ फागुन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले  गुट–उपगुटले कांग्रेस कमजोर भएको बताएका छन् । कांग्रेस बाँकेले पार्टी कार्यालयमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले अहिले कांग्रेसको मूल ध्येय नै प्राप्त अधिकारको रक्षा गर्नु रहेको उल्लेख गर्दै यसका लागि कांग्रेस नेता कार्यकर्ता जिम्मेवार बन्नुपर्ने बताए।

सिंहले कांग्रेसभित्र अहिले पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा गुट–उपगुटको स्वार्थलाई केन्द्रमा राख्ने प्रवृत्तिका कारण कांग्रेस कमजोर देखिएको बताए । कांग्रेसलाई बलियो बनाउन पार्टीको नीति, सिद्धान्तका आधारमा अघि बढ्नुपर्ने भन्दै उपप्रधानमन्त्री सिंहले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा हुननहुने भन्दै राजनीतिक संस्कार विर्सन नहुने धारणा राखे। 

उनले इतिहास राम्रो भएर मात्र नहुने भन्दै पार्टीलाई बलियो बनाउन संगठन चुस्तदुरुस्त राख्न सुझाव दिए । अहिले समय छँदा नै पार्टीभित्रका विवाद कांग्रेसकै नेताहरु बसेर मिलाउनुपर्ने भन्दै सिंहले पार्टीभित्र सबैलाई समेटेर अघि बढ्ने संस्कार विकसित गर्नुपर्ने बताए । अहिले नागरिकले उपभोग गरिरहेको अधिकार त्यसै प्राप्त नभएको भन्दै विगतमा गरेको संघर्ष र त्याग विर्सन नहुने बताए।

‘कांग्रेस भनेर चिनिएकाहरुले जनताकोबिचमा असन्तुष्टि पोखेपछि जनतामा कहाँबाट भरोसा विकसित हुन्छ ?,’  सिंहले भने, ‘हाम्रा संस्थापक नेताहरुको प्रयास, विभिन्न समयमा केन्द्रीय स्तरका नेता र कार्यकर्ताको त्यागतपस्याकै कारण जनताले अधिकार प्राप्त गरेका छन् । त्यसका लागि ठुलो संघर्ष र त्याग भएको छ। लामो समयको संघर्ष र हजारौंको त्यागबाट अधिकार जनताकोमा आइपुगेको कुरा बिर्सनु भएन।’

सिंहले प्राप्त अधिकारका विषयमा गैरजिम्मेवार अभिव्यक्ति दियौं भने प्राप्त अधिकार गुम्न सक्ने भन्दै त्यस्तो अवस्था आए देश नयाँ अस्थिरतामा जान्छ भन्ने कुरा ख्याल गर्न पनि आग्रह गरे । उनले पछिल्लो निर्वाचनपछि सरकार अस्थिर हुँदा नागरिकको विकास र समृद्धिको चाहना संकटमा परेपछि नागरिकले स्थिर सरकार बनोस् भन्ने चाहना राखेकाले अहिलेको सरकार बनेको सिंहले प्रष्ट पारे । ‘प्राप्त अधिकारलाई सुरक्षित गर्दै राजनीतिक स्थिरताको जगमा हरेक नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन अब आर्थीक सम्पन्नताको बाटोमा देशलाई डोर्याउनुपर्छ,’ उनले भने । उपप्रधानमन्त्री सिंहले आज नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा सहरी विकास मन्त्रालयअन्तर्गत बनेको सिटी हलको उद्घाटन गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win