+
+

स्वास्थ्थ विमा संचालन गर्न चुनौति छ : मन्त्री पौडेल

93 पटक हेरिएको
Clock २०८१ फाल्गुन १८, आईतवार २१:३९
-- Sponsored --

AI सारांश

Fast AI

१. स्वास्थ्य मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बिमा कार्यान्वय गर्न चुनौति रहेको बताएका छन्।
२. सरकारले एक वर्षमा बिमाको लागि साढे ७ अरब रकम व्यवस्थापन गरेकोमा गत वर्ष कै १६ अर्व बक्यौता बाँकी रहेको भन्दै स्वस्थ्य बिमा संचालन गर्न सरकारले ४० अर्व बजेट व्यवस्थापन गर्नुपर्ने बताए।
३. सरकारले बिमा कार्यक्रम लागु गर्ने हो भने, नागरिकको योगदानमा आधारित बिमा प्रणाली विकास गर्नुपर्छ।

रमेश थापा
पाँचथर-स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बिमा कार्यान्वय गर्न चुनौति रहेको बताएका छन। सरकारले एक वर्षमा बिमाको लागि साढे ७ अरब रकम व्यवस्थापन गरेकोमा गत वर्ष कै १६ अर्व बक्यौता बाँकी रहेको भन्दै स्वस्थ्य बिमा संचालन गर्न सरकारले ४० अर्व बजेट व्यवस्थापन गर्नुपर्ने बताए। पाँचथरको फालेलुङ गाउँपालिकाको पाँच शैयाको अस्पताल र प्रशासकीय भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारले रकम व्यवस्थापन गर्न नसक्ने हो भने बिमा कार्यक्रम संचालन गर्न नसकिने प्रष्ट पारे। सरकारले बिमा कार्यक्रम लागु गर्ने हो भने, नागरिकको योगदानमा आधारित बिमा प्रणाली विकास गर्नुपर्छ। यो विषयमा मन्त्रालयले प्रस्ताव पेस गरेको छ। उनले भने् बिमा सेवा दिने सस्थाहरु बढेको र सेवा लिने नागरिकको पनि संख्या बढेकाले अब साढे ७ अर्व पैसाले बिमा कार्यक्रम संचालन गर्न नसक्ने मन्त्री पौडेलको भनाइ छ।
यही बिमा कार्यक्रम लागु गर्ने हो भने् ४० अर्वको रकम बिनियोजन गर्नुपर्ने हुन्छ। यदि त्यो नभए मन्त्रालयले प्रस्ताव गरे अनुसार योगदानमा आधारित शुरक्षित र नियमित आम्दानी हुने गरी बिमा प्रणालीको विकास गर्नुपर्छ। उनले पाँच, दश र पन्ध्र शैयाका आधारभुत ५७ वटा अस्पतालको पुर्वाधार निर्माण भइसकेको भन्दै अस्पताल थप व्यवस्थित रुपमा संचालन गर्न सरकार लागि परेको बताए । भवन निर्माण भएका अस्पतालमा आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गर्न निणर्य गरेर कार्यान्वयमा लाने मन्त्री पौडेलको भनाइ छ।
गाउँपालिकामा निर्माण सम्पन्न भएको पाँच शैयाको अस्पताल निर्माण गर्न खानी एपेक्स कुँवर जेभी काठमाडौंले भ्याट सहितको ११ करोड ४३ लाखमा २०७८ कात्र्तिक १२ मा ठेक्का लिएको थियो। ठेक्का पाएको निर्माण कम्पन्नीले २०८१ असोजमा काम सम्पन्न गरेको थियो। त्यस्तै गाउँपालिकाकै प्रशासकीय भवन निर्माण गर्न खानी एपेक्स मिसन जेभी काठमाडौंले भ्याट सहितको ५ करोड ३८ लाखमा २०७७ असोजमा ठेक्का पाएको थियो। ठेक्का पाएको ५ वर्षपछि २०८१ जेठमा भवन निर्माणको काम पुरा गरेको हो। साढे चार तले भवन निर्माण सम्पन्न भएसंगै गाउँपालिकाले नयाँ भवनबाटै सेवा प्रवाह गर्न थालेको गाउँपालिका अध्यक्ष वीर विक्रम थाम्सुहाङले जानकारी दिनुभयो। यस अघि भाडाको घरबाट गाउँपालिकाले सेवा प्रवाह गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win