+
+

पाँचथरमा इन्सेकको अर्धवार्षिक समीक्षा सम्पन्न, १८ घटना अभिलेख

134 पटक हेरिएको
Clock २०८२ असार १३, शुक्रबार २३:०१
-- Sponsored --

AI सारांश

Fast AI

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०८२ असार १३ गते पाँचथरमा सम्पन्न भएको छ। यस कार्यक्रममा इन्सेक प्रतिनिधिले जिल्लामा १८ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना अभिलेखीकरण गरिएको बताउनु भयो। यस कार्यक्रममा मानव अधिकार उल्लङ्घनका घटनाहरु न्यूनीकरण गर्नका लागी प्रहरी प्रशासन, मानव अधिकारकर्मी, जनप्रतिनिधि, पत्रकार सबै जना लागी पर्नुपर्ने भनाइ रहेको छ।

निम्नलिखित ३ बुँदामा छोटो सारांश छ:

* नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०८२ असार १३ गते पाँचथरमा सम्पन्न भएको छ।
* जिल्लामा १८ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना अभिलेखीकरण गरिएको छ, जसमा दुई जना हत्याको, बलत्कार घटनाको ५, हत्या प्रयासको ३, अभद्र व्यवर्वहारको ५, यौन दुव्यवहारको २ र साइवर क्राइमको एक घटना गरेर जम्मा १८ ओटा घटना सार्वजनिक गरिएको छ।
* मानव अधिकार उल्लङ्घनका घटनाहरु न्यूनीकरण गर्नका लागी प्रहरी प्रशासन, मानव अधिकारकर्मी, जनप्रतिनिधि, पत्रकार सबै जना लागी पर्नुपर्ने भनाइ रहेको छ।

इवारा जवेगु लिम्बू
पाँचथर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाँचथरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०८२ असार १३ गते शुक्रबार सम्पन्न भएको छ।
इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा सन् २०२५ को जनवरीदेखि १ देखी जुन १० सम्म अभिलेखीकरण गरिएका घटनामाथि सरोकारवालाबिच समीक्षा कार्यक्रम ०८२ असार १३ गते सम्पन्न गरिएको हो।
समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले जिल्लामा ०८२ पुस १७ गतेदेखि असारको पहिलो सातासम्म १८ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना अभिलेखीकरण गरिएको बताउनु भयो ।
जिल्लामा इन्सेकले अभिलेखकरण गरेको तथ्याङ्क अनुसार दुई जना हत्याको, बलत्कार घटनाको ५, हत्या प्रयासको ३, अभद्र व्यर्वहारको ५, यौन दुव्यवहारको २ र साइवर क्राइमको एक घटना गरेर जम्मा १८ ओटा घटना सार्वजनिक गरिएको छ । १८ ओटा घटनामा चार जना वालिका पीडित भएका घटना अभिलेख भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे रहनुभएको थियो । उहाँले समीक्षा कार्यक्रममा बोल्नुहुदै मानव अधिकार उल्लङ्घनका घटनाहरु न्यूनीकरण गर्नका लागी प्रहरी प्रशासन, मानव अधिकारकर्मी, जनप्रतिनिधि, पत्रकार सबै जना लागी पर्नुपर्ने बताउनुभयो। त्यस्तै छलफलमा उठेका स्वास्थ्यप्रतिको विषयमा गम्भीर हुदै जिल्ला अस्पतालमा आगामी आ.व भित्र सघन उपचार कक्ष (icu) सञ्चालन गर्ने सोच रहेको बताउनुभयो । जसले गर्दा जिल्लाबाट धेरै बिरामीले सुविधाजनक उपचार प्राप्त गर्ने उहाँको भनाई छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाँचथरका पूर्व अध्यक्ष लक्ष्मी गौतम, सशस्त्र प्रहरी नायव उपरिक्षक कुमार बराल, जिल्ला प्रहरी कार्यालय पाँचथरका वरिष्ठ प्रहरी नायव निरीक्षक मनोज कुमार यादव, हुकुडेक नेपाल पाँचथरका सचिव राजेन्द्र काफ्ले, किरात याक्थुङ् चुम्लुङ जिल्ला शाखा पान्थरका अध्यक्ष सुरेन शिशिर केरुङ लगायत विभिन्न मिडियामा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win