0 प्रतिक्रिया
जिल्ला एथलेटिक्स संघद्वारा खेलाडी सम्मान तथा विद्यार्थीलाई न्यानो कपडा वितरण
AI सारांश
Fast AI१. जिल्ला एथलेटिक्स संघ पाँचथरले पुस १२ गते शनिबार खेलाडीलाई सम्मान तथा विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ।
२. संघले धावक इन्द्रमाया जवेगुलाई जिल्लाभित्र र जिल्लाबाहिरका प्रत्येक म्याराथनमा भाग लिदैँ खेलकुदको प्रवर्धन गर्नुका साथै संघलाई गरेको सहयोगको कदर गर्दै सम्मान गरिएको छ।
३. २०८१ साल फागुन १३ देखी १८ गतेसम्म सञ्चालन भएको प्रथम कोशी प्रदेश खेलकुद महोत्सवमा पाँचथर जिल्लालाई प्रतिनिधित्व गर्दै एथलेटिक्स संघबाट धावक पुष्पा शेर्मा लिम्बू र ओसन राईले रजत पदक प्राप्त गरेकोमा उनीहरुलाई पनि सम्मान पत्रद्धारा सम्मान गरिएको हो।
पाँचथर । जिल्ला एथलेटिक्स संघ पाँचथरले पुस १२ गते शनिबार खेलाडीलाई सम्मान तथा विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
संघले तेस्रो पूर्ण वैठकको अवसर पारेर गढी मा.वीमा एक कार्यक्रम आयोजना गरेर उक्त कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा एथलेटिक्स संघका सदस्य इन्द्रमाया जवेगुको प्रायोजनमा गढी मा.विमा अध्ययनरत फरक क्षमता भएका १८ जना छात्रछात्रालाई न्यायो कपडा वितरण गरेको एथलेटिक्स संघ पाँचथरका अध्यक्ष पूर्णहाङ तुम्बापो (रेन्जो) ले बताउनुभयो।
कार्यक्रममा संघले तिन जना धावकहरुलाई सम्मान गरेको छ। धावक इन्द्रमाया जवेगुलाई जिल्लाभित्र र जिल्लाबाहिरका प्रत्येक म्याराथनमा भाग लिदैँ खेलकुदको प्रवर्धन गर्नुका साथै संघलाई गरेको सहयोगको कदर गर्दै सम्मान गरिएको संघका सचिव देवेन्द्र बास्कोटाले बताउनुभयो।
२०८१ साल फागुन १३ देखी १८ गतेसम्म सञ्चालन भएको प्रथम कोशी प्रदेश खेलकुद महोत्सवमा पाँचथर जिल्लालाई प्रतिनिधित्व गर्दै एथलेटिक्स संघबाट धावक पुष्पा शेर्मा लिम्बू र ओसन राईले रजत पदक प्राप्त गरेकोमा उनीहरुलाई पनि सम्मान पत्रद्धारा सम्मान गरिएको हो।
त्यस्तै पुस १२ सम्पन्न सुम्हात्लुङ मिनि म्याराथनमा समेत शेर्माले महिला म्याराथनतर्फ ५ किलोमिटर दुरी १९ मिनेटमा पार गर्दै प्रथम स्थान हासिल गरेकी हुन्। ओसन राईले भने पुरुष तर्फको ९.५ किलोमिटर दुरी २९ मिनेटमा पार गर्दै दोस्रो स्थान ओगट्न सफल भएका थिए।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला खेलकुद समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तान, विशेष अतिथि पत्रकार लक्ष्मी गौतम र विधालयको स्रोत शिक्षक लगायतले शुभकामना मन्तव्य राख्नुहुदै सम्मानित धावकहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो।
यसैबिच कार्यक्रममा जिल्ला एथलेटिक्स संघ पाँचथरले रिक्त रहेको सदस्य पदमा तितस राईलाई मनोनित गरेको छ। पछिल्ला समय जिल्ला एथलेटिक्स संघ पाँचथरले जिल्लामा खेलकुद विकासमा प्रवद्धर्न गर्नका साथै खेलाडी उत्पादनमा महत्वपूर्ण भुमिका खेलिरहेको बताउँदै अगामी समयमा पनि विभिन्न खेलकुद आयोजना गर्ने संघका अध्यक्ष तुम्बापोले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









