0 प्रतिक्रिया
म्याङलुङ स्पोर्टिङ क्लब फाइनलमा, आयोजक यलम्बर ३–१ ले पराजित
AI सारांश
Fast AI१. म्याङलुङ स्पोर्टिङ क्लबले आयोजक यलम्बर युवा संस्थालाई ३–१ गोलले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
२. म्याङलुङको जितका लागि सन्तोष लिम्बुले २ गोल र बसन्त ओझाले १ गोल गरेका थिए भने आयोजकका तर्फबाट लोकेन्द्र थापाले १ गोल फर्काएका थिए।
३. विजेताले रु. ४,२५,५५५ तथा उपविजेताले रु. २,१२,७७७ नगद पुरस्कार प्राप्त गर्नेछन्।
मनोज थापा
पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा जारी दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ को पहिलो सेमिफाइनलमा तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लबले आयोजक यलम्बर युवा संस्थालाई ३–१ गोलले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

“यलम्बरको सान, कुम्मायकको पहिचान” भन्ने मूल नारासहित पृथ्वी माविको खेलमैदानमा बुधबार सम्पन्न सेमिफाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो।
म्याङलुङको जितका लागि सन्तोष लिम्बुले २ गोल र बसन्त ओझाले १ गोल गरेका थिए। आयोजकका तर्फबाट लोकेन्द्र थापाले १ गोल फर्काएका थिए।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका म्याङलुङका ज्ञानेन्द्र (डिम्पल) भण्डारी ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद रु. ७,००० प्राप्त गरे। त्यसैगरी फ्यान अफ द म्याचतर्फ मायुसा खड्का घोषित हुँदै नगद रु. १,५०० प्राप्त गरिन्।

अब प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल बैशाख २४ गते (बिहीबार) रेडहर्ष एफसी इलाम र पथरी–११ मोरङबीच हुनेछ। बैशाख २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले रु. ४,२५,५५५ तथा उपविजेताले रु. २,१२,७७७ नगद पुरस्कार प्राप्त गर्नेछन्।
त्रिशाली पूजा तथा मेलाको अवसरमा यलम्बर युवा संस्थाद्वारा आयोजना गरिएको यस प्रतियोगितामा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











