+
+

बेलायतमा भेटियो पूर्ण गोलाकारको दुर्लभ अण्डा, ३३ हजारमा भयो लिलामी

67 पटक हेरिएको
Clock २०८१ पुष ३, बुधबार १०:४०
-- Sponsored --

AI सारांश

Fast AI

१. लन्डनमा भएको एक लिलामीमा २०० बेलायती पाउन्डमा एक पूर्ण गोलाकार अण्डा बिक्री भएको छ ।
२. दुर्लभ अण्डाको मालिक बनेपछि एड पाउनेलले यसलाई लुभेन्टास फाउन्डेसनलाई दान गरेका थिए ।
३. लिलामीवाट उठेको पैसाले १३–१५ वर्षका किशोरहरूलाई उनीहरूको मानसिक स्वास्थ्यका बारेमा मद्दत गर्नेछ ।

लन्डन, ३ पुस । एक अर्बमा झुक्किएर मात्र हुने एक पूर्ण गोलाकार अण्डा ३३ हजारमा लिलामी भएको छ । 

बेलायतमा भएको एक लिलामीमा २०० बेलायती पाउन्ड अर्थात ३३ हजार नेपाली मुल्यमा बिक्री भएको हो  ।

दुर्लभ अण्डाको अघिल्लो मालिक बर्कशायरले ल्याम्बोर्नका एड पाउनेलाइ सो अन्डा १५० पाउन्डमा बिक्रि गरेका थिए । दुर्लभ अण्डाको मालिक बनेपछि पावनेलले यसलाई लुभेन्टास फाउन्डेसनलाई दान गरेका थिए । सो संस्थाएक परोपकारी संस्था हो, जसले अक्सफोर्ड शायरका युवाहरूलाई जीवन र मानसिक स्वास्थ्य सहायता प्रदान गर्दै आएको छ। 

त्यसपछि परोपकारी संस्थाले सुरुमा पौनेलको अण्डा लिलामीमा बेच्ने प्रस्तावलाई मजाक भएको ठानेका थिए तर जब अण्डा लिलामीका बारेमा समाचार प्रकाशित गरियो र अन्ततः परोपकारी संस्थाले लिलामी गर्ने निर्णय लियो ।

‘हामी हर्षित र रोमाञ्चित छौं, अण्डा बेचेको कारण संस्थाको परोपकारी कामका बारेमा पनि धेरै जानकार भएका छौ,’ उन्डेसनका रोज राप भने ।

‘लिलामीवाट उठेको पैसाले १३–१५ वर्षका किशोरहरूलाई उनीहरूको मानसिक स्वास्थ्यका बारेमा  मद्दत गर्नेछ, यसले हामीलाई सहयोगको खाँचो परेका वा लामो प्रतीक्षा सूचीमा रहेका युवाहरूसम्म पुग्न सक्षम बनाउनेछ,’ उनले थपे।

पछि यो थाहा भयो कि गोलो अण्डा मूलतः एक महिलाले सुरूमा खरीद गरेकी थिइन, जसले स्कटल्याण्डको स्थानीय सुपरमार्केटबाट बक्समा फेला पारेका जनाएकी छिन । अण्डा पहिलो पटक बेचेको थोमस रोडिक क्यालनका अनुसार गोलो अण्डाहरू एक अर्बमा एक घटना हो भन्ने विश्वास गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win