+
+

ब्राजिलमा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

22 पटक हेरिएको
Clock २०८१ पुष ८, सोमबार ११:३५
-- Sponsored --

AI सारांश

Fast AI

१. ब्राजिलमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
२. दुर्घटनामा मृत्यु भएका सबै मानिस एकै परिवारका सदस्य थिए, जसमा व्यापारी लुइज क्लाउडियो ग्यालेजी, उनकी श्रीमती, तीन छोरी र परिवारका अन्य केही सदस्य समावेश थिए।
३. विमान दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको छ, जसमा विमान पहिले भवनको चिम्नीमा र त्यसपछि घर र पसलमा ठोक्किएको थियो।

काठमाडौँ । ब्राजिलमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

ब्राजिलको ग्रामाडो सहरमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । सबै मानिस एकै परिवारका सदस्य थिए।

यो एक निजी विमान थियो, जुन आइतबार बिहान ब्राजिलका व्यापारी लुइज क्लाउडियो ग्यालेजीले उडाएका थिए।

दुर्घटनामा उनी बाहेक उनकी श्रीमती, तीन छोरी र परिवारका अन्य केही सदस्यको मृत्यु भएको छ । उनको कम्पनीको तर्फबाट एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिइएको हो।

यो सानो विमान पहिले भवनको चिम्नीमा र त्यसपछि घर र पसलमा ठोक्किएको बताइएको छ । दुर्घटनामा सो क्षेत्रका भवनमा पनि क्षति पुगेको छ।

यस घटनामा १७ जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । जसमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ।

ब्राजिलका सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय व्यापारी गालेज्जी आफ्नो परिवारलाई यात्रामा लिएर जाँदै थिए । विमान दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win