+
+

आर्मीलाई हराएर उत्साहित फिदिम

274 पटक हेरिएको
Clock २०८१ पुष ८, सोमबार २२:४६
-- Sponsored --

AI सारांश

Fast AI

१. फिदिम स्पोर्टिङ क्लबले त्रिभुवन आर्मीलाई निर्धारित समयमा गोल गर्नबाट रोक्नुका साथै टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजीत गरेको छ।
२. आयोजक टोलीका गोल रक्षक मिराक खजुमले आर्मीका सिद्धान्त चौधरी र सुजीत शाहीको प्रहार रोकेपछि आयोजकको सेमीफाइनल यात्रा निश्चित भयो।
३. फिदिमको भेट चर्च ब्वाइज युनाइटेड काठमाडौं र विराटनगर सीटी फुटवल क्लबवीचको खेलका विजेतासँग पुस १० गते हुनेछ।

रवीन्द्र काफ्ले

फिदिम, ०८ पुस ।
फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत सोमवार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब त्रिभुवन आर्मीलाई पराजीत गरेपछि आयोजक टोली उत्साहित देखिएको छ।
प्रतियोगिताको उपाधि दाबेदार मानिएको त्रिभुवन आर्मीलाई निर्धारित समयमा गोल गर्नबाट रोक्नुका साथै टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजीत गर्नु आयोजक टोलीका लागि सामान्य थिएन। निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलका मुख्य रेफ्री कविन ब्यञ्जनकारले खेलको नतिजा टाइब्रेकरबाट लिने निर्णय गरेका थिए।
टाइब्रेकरमा फिदिमका पाँच खेलाडीले प्रहार गर्दा त्रिभुवन आर्मीका गोल रक्षक नवीन परियारले सुकराज राईको प्रहारमात्रै रोक्न सके। तर फिदिमका गोल रक्षक मिराक खजुमले आर्मीका सिद्धान्त चौधरी र सुजीत शाहीको प्रहार रोकेपछि आयोजकको सेमीफाइनल यात्रा निश्चित भयो । फिदिमका गोल रक्षक मिराक खजुमको प्रदर्शन सनसनीपूर्ण र घरेलु दर्शकका लागि ‘प्रिय’ थियो।
त्रिभुवन आर्मीका सन्तोष केसी, सुजन थापा मगर, निरजकुमार घिसिङ लगायत खेलाडीले आयोजकको पोस्टमा गोल गर्न चुके। आयोजक टोलीका आशिष चापागाईं, सुकराज राई, राम वाजी लगायत पनि आर्मी विरुद्ध गोल गर्न चुकेपनि आक्रामक खेल प्रदर्शन गरे। आर्मीलाई निर्धारित समयभरी गोलविहीन बराबरी र दबावमा राख्न सक्नु आयोजक टोलीको सफलता थियो।

आयोजक फिदिम स्पोर्टिङ क्लबका प्रशिक्षक उपेन्द्र श्रेष्ठका अनुसार प्रतियोगिता सञ्चालित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमै खेलाडीहरुलाई दुई हप्ता ‘क्लोज क्याम्प’ मा राखिएको थियो। “यही मैदानमा अभ्यास गरेको र आज प्रतियोगितामै दोश्रो खेल खेल्न पाएकाले हाम्रा खेलाडीहरुलाई सजिलो भयो”, श्रेष्ठले भने, “होम ग्राउण्ड भएकाले धेरै सहज भयो। आर्मीलाई जीत्नु ठूलो कुरा हो।”
श्रेष्ठका अनुसार धुलो, हिलो र कडा माटो भएका कारण खेलमैदानमा केही समस्या छ। आज घाइते भएका फिदिमका डिफेन्डर (रक्षक) प्रकाश धमला अर्को खेलमा फर्कने आशा पनि श्रेष्ठको छ। “औंलामा समस्या छ । तर आजै अस्पतालबाट डिस्चार्ज भए”, श्रेष्ठले भने।


आयोजकको टिममा नौमध्ये चार खेलाडी झापाका रहेको पनि प्रशिक्षक श्रेष्ठले जानकारी दिए। तर सेमीफाइनलका लागि खेलाडी थप्ने योजना क्लबको नरहेको उनको भनाइ छ। “हामीसँग बेञ्चमा पनि मनिष क्षेत्री, जमिन लक्सम जस्ता राम्रो प्रदर्शन गर्ने खेलाडीहरु छन्। आउँदो खेलमा पनि उत्तिकै राम्रो प्रयास गर्छौं”, श्रेष्ठले भने।
आयोजक फिदिमले प्रतियोगिताको पहिलो खेलमा पनि भारतको खर्साङ फुटवल क्लबलाई टाइब्रेकरमै पराजीत गर्दै क्वाटरफाइनलमा पुगेको थियो। अब फिदिमको भेट चर्च ब्वाइज युनाइटेड काठमाडौं र विराटनगर सीटी फुटवल क्लबवीचको खेलका विजेतासँग पुस १० गते हुनेछ।
फिदिमको निर्माणाधीन मैदानमा राम्रो अभ्यास र प्रशिक्षण नपाएका खेलाडीहरुले नियमित अभ्यास र खेलको मौका पाएको खेलाडी सम्मिलित त्रिभुवन आर्मी क्लबलाई पराजीत गर्नु असामान्य छ। अवसर र वातावरण पाए राम्रो प्रदर्शन गर्न सक्छौं भन्ने सन्देश पनि फिदिमका खेलाडीहरुले दिएका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win