+
+

फाल्गुनन्द गोल्डकप: विराटनगरलाई ७–१ गोलअन्तरले पराजीत गर्दै चर्च ब्वाइज सेमीफाइनलमा

137 पटक हेरिएको
Clock २०८१ पुष १०, बुधबार १९:४१
-- Sponsored --

AI सारांश

Fast AI

१. चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले विराटनगर सिटी फुटवल क्लबलाई ७–१ गोलअन्तरले पराजीत गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ।
२. चर्च ब्वाइजका समीर तामाङ र विदेशी खेलाडी अर्माण्ड बेडोमले ह्याट्रिक गर्नुभएको थियो भने विदेशी खेलाडी फोफोना अबियामीले खेलको अतिरिक्त समयमा गोल गर्नुभएको थियो।
३. प्रतियोगिताको विजेता टोलीले रु. १० लाख तथा उपविजेता टोलीले रु. पाँच लाख पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन।

रवीन्द्र काफ्ले

पाँचथर, १० पुसः

पाँचथरको फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकपअन्तर्गत आज सम्पन्न तेश्रो क्वाटरफाइनलमा विराटनगर सिटी फुटवल क्लबलाई ७–१ गोलअन्तरले पराजीत गर्दै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं सेमीफाइनलमा प्रवेश गरेको छ।

विराटनगरमाथि फराकिलो जीत निकाल्न चर्च ब्वाइजका लागि समीर तामाङ र विदेशी खेलाडी अर्माण्ड बेडोमले ह्याट्रिक गर्नुभएको थियो। समीरले खेलको १५औं ४६ औं र ७३ औं मिनेटमा गोल गर्दै प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्नुभएको थियो। विदेशी खेलाडी अर्माण्डले खेलको ६२ औं, ७७ औं र ८९ औं मिनेटमा गोल गर्दै दोश्रो ह्याट्रिक गर्नुभएको थियो। विदेशी खेलाडी फोफोना अबियामीले खेलको अतिरिक्त समयमा गोल गर्दै चर्च ब्वाइजका लागि फराकिलो जीत निश्चित गर्नुभएको थियो।

कमजोर खेल प्रदर्शन गरेको विराटनगर सिटीका लागि ८७ औं मिनेटमा सन्दीप राईले सान्तवना गोल गर्नुभएको थियो। आजको खेलको उत्कृष्ट खेलाडी घोषित हुँदै चर्च ब्वाइजका समीर तामाङले रु. १० हजार पुरस्कार प्राप्त गर्नुभयो । भोलि हुने अन्तिम क्वाटरफाइनलमा न्यू रोड टिम (एनआरटी) काठमाडौं र सहलेस युवा क्लब सिरहावीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिनुभयो।

पुस ६ गतदेखि पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिता यही पुस १५ गते सम्पन्न हुनेछ। प्रतियोगिताको विजेता टोलीले रु. १० लाख तथा उपविजेता टोलीले रु. पाँच लाख पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान विद्युतीय स्कुटर प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष थापाले जानकारी दिनुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win