+
+

नदीजन्य सामग्री कटान नहुँदा बाढी पस्ने चिन्तामा माझीटारवासी

183 पटक हेरिएको
Clock २०८१ फाल्गुन १३, मंगलवार १३:४१
-- Sponsored --

AI सारांश

Fast AI

पाँचथरको माझीटारको वस्ती बाढीको जोखिममा परेको छ। बाढीले वस्ती नजिक थुपारेका नदीजन्य सामग्री कटान नहुँदा बाढी आउनासाथ वस्तीमा पस्ने स्थानीयवासी चिन्ताले पिरोलिएका छन। हेंवा खोलाले धार बदलेर हिलिहाङ गाउँपालिकातर्फ नदीजन्य सामग्री थुप्रो लागेको छ।

निम्नलिखित ३ वटा बुँदामा सारांश दिन सकिन्छ:
1. **बाढी जोखिम**: माझीटारको वस्ती बाढीको जोखिममा परेको छ, क्यारखानका नदीजन्य सामग्री कटान नहुँदा बाढी आउनासाथ वस्तीमा पस्ने स्थानीयवासी चिन्ताले पिरोलिएका छन।
2. **हेंवा खोलाको धार परिवर्तन**: हेंवा खोलाले धार बदलेर हिलिहाङ गाउँपालिकातर्फ नदीजन्य सामग्री थुप्रो लागेको छ, जसकारण बाढी आउनासाथ वस्तीमा पस्ने ठूलो खतरा छ।
3. **नदीजन्य सामग्री हटाउने आवश्यकता**: गाउँपालिका वा अन्य निकायले बजेट ब्यवस्थापन गरेर भएपनि वस्ती नजिकको नदीजन्य सामग्री हटाउनुपर्ने आवश्यकता छ, अन्यथा आउँदो वर्षायाममा बाढी वस्तीमा पस्छ।

रवीन्द्र काफ्ले 

पाँचथर, १२ फागुनः
बाढीले वस्ती नजिक थुपारेका नदीजन्य सामग्री कटान नहुँदा पाँचथरको माझीटारको वस्ती बाढीको जोखिममा परेको छ। हिउँद सकिन लाग्दा समेत नदीजन्य सामग्री कटान भएपछि माझीटारवासी बाढी वस्ती पस्ने चिन्ताले पिरोलिएका छन।
गत असोज १२ गते हेंवा खेलामा आएको बाढीले माझीटारको वस्तीनजिकै ढुङ्गामुढा सहितका नदीजन्य सामग्री थुपारेको थियो। बाढीका कारण हेंवा खोलाले धार बदलेर हिलिहाङ गाउँपालिकातर्फ नदीजन्य सामग्रीको थुप्रो लागेको छ। हिँउद सकिएर वर्षायाम सुरु हुन लाग्दा समेत वस्तीनजिकै रहेको नदीजन्य सामग्री कटान हुन सकेको छैन। नदीजन्य सामग्री कटान नभए बाढी आउनासाथ माझीटारको वस्तीमा पस्ने स्थानीयवासी रामप्रसाद माझीले वताउनुभयो। एक दर्जन घर रहेको यहाँ माझी र तामाङ समुदायका घर छन।
फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा छुट्ट्याएर बग्ने हेंवा खोलामा गत वर्षको असार २ गते र यस वर्ष असोज १२ गते बाढी आएको थियो। बाढीले खोला आसपासका कयौं संरचना, खेतीयोग्य जमिन, बालीनाली बगाएको थियो। हेंवा खोला तमोर नदीमा मिल्ने स्थानभन्दा करीव १५० मिटर माथि रहेको माझीटारमा खोलाले पुरानो धार बदलेको हिलिहाङ–७ का वडा सदस्य समेत रहनुभएका रामप्रसादले वताउनुभयो। फिदिमतर्फ रहेको क्रसर उद्योगका संरचनाका कारण खोला आफ्नो धारमा बग्न नपाएपछि माझीटारतर्फ सोझिएको स्थानीयवासीको भनाइ छ।
माझीटारतर्फ सोझिएको खोलाले खोलाको सतहबाट करीव १० मिटर अग्लो नदीजन्य सामग्रीको थुप्रो लगाएको छ। जसकारण अब बाढी आउनासाथ वस्तीमा पस्ने अवस्था रहेको स्थानीयवासी जसबहादुर माझीको भनाइ छ। “बाढीले खोलाको सतहबाट १० मिटरभन्दा अग्लो थुप्रो वस्तीको वारपार लगाएको छ । बाढी आउँदा पानी घरमै आइपुग्छ”, जसबहादुर भन्नुभयो, “अब ठूलो बाढी गाउँदा वस्ती नै बगाउने खतरा छ।”
खोलाको सतह उकासिएका कारण हेंवा खोला वारीपारीका वस्ती जोड्ने झोलुङ्गे पुलका हवाई लठ्ठा पनि बाढीले चुटाएको छ। तमोर नदी र हेंवा खोलाको दोभानछेउको माझीटार वस्ती रहेको छ।
नदीजन्य सामग्री रहेकै स्थानको भित्तापट्टि जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले पाँचथरले रु. २० लाख लगानीमा जाली पर्खाल लगाएको छ। तर नदीजन्य सामग्री कटान नभए पर्खालले बाढी रोक्ने स्थिति नरहेको स्थानीयवासीको भनाइ छ। खोलाले धार बदलेको र बगरमा नदीजन्य सामग्रीको थुप्रो भएका कारण बाढी आउँदा वस्तीतर्फ ठोकिने जसबहादुरको भनाइ छ।
नदीजन्य सामग्री विक्री गरी स्थानीय तहले आफ्नो आम्दानीको स्रोत बनाउने गरेको छ। तर हिलिहाङ गाउँपालिकाले दुई पटक ठेक्का आव्हान गर्दा समेत यस स्थानसहित गाउँपालिकाबाट निस्कने नदीजन्य सामग्री खरीद गर्ने प्रस्ताव नै परेन। हिलिहाङ गाउँपालिकाको विपद ब्यवस्थापन समितिका संयोजक वीरेन्द्र मंग्रातीका अनुसार खरीदको प्रस्ताव नपरेपछि एपेक्स निर्माण कम्पनीले उत्खनन गरिएको नदीजन्य सामग्रीको परिमाणका आधारमा शुल्क बुझाउने समझदारी भएको छ। तर निर्माण कम्पनीले बाटो नजिकैका अन्य स्थानबाट नदीजन्य सामग्री उत्खनन गर्न पाउने हुँदा उक्त स्थानमा उत्खनन थालेको छैन।
“गाउँपालिका वा अन्य निकायले बजेट ब्यवस्थापन गरेर भएपनि वस्ती नजिकको नदीजन्य सामग्री हटाउनुपर्ने आवश्यकता छ”, मंग्रातीले भन्नुभयो, “अन्यथा आउँदो वर्षायाममा बाढी वस्तीमा पस्छ।” पछिल्ला वर्षहरुमा यहाँ वेमौसमी वर्षाका कारण बाढी पहिरो आइ ठूलो क्षति गर्ने गरेको छ। यस वर्षपनि त्यस्तै होला कि भन्ने पीरले वर्षायाम सुरु नहुँदै माझीटारवासीलाई सताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win