+
+

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा फिदिम मा.वि. प्रथम

248 पटक हेरिएको
Clock २०८१ पुष २०, शनिबार १९:०४
-- Sponsored --

AI सारांश

Fast AI

१. फिदिम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा फिदिम माध्यमिक विद्यालय प्रथम बनेको छ, जसले ३८ स्वर्ण, २६ रजत र १९ कास्य पदक जितेको थियो।
२. सिद्धदेवी मा.वि फिदिम–१२ दोस्रो स्थानमा र रानीटार मावि फिदिम–७ तेस्रो स्थानमा रहेको थियो, जसले क्रमशः ७ स्वर्ण, ४ रजत र ८ कास्य पदक र ७ स्वर्ण, २ रजत र ५ कास्य पदक जितेका थिए।
३. प्रतियोगितामा २३ वटा विद्यालयले सहभागिता जनाएका थिए, जसमध्ये १६ वटा सामुदायिक र ७ वटा संस्थागत विद्यालयहरु थिए।

पाँचथर, २० पुसः
फिदिम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा फिदिम माध्यमिक विद्यालय प्रथम बनेको छ।
३८ स्वर्ण पदक, २६ रजत पदक र १९ कास्य पदक गरी कूल ८३ वटा पदक हात पार्दै फिदिम मावि प्रथम बनेको हो। प्रथम बनेको फिदिम माविले तीन वर्षे रनिङ शिल्डसहितका पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगितामा सिद्धदेवी मा.वि फिदिम–१२ ले ७ स्वर्ण, ४ रजत र ८ कास्य पदक जित्दै द्वितीय स्थान तथा ७ स्वर्ण, २ रजत र ५ कास्य पदक जित्दै रानीटार मावि फिदिम–७ ले तृतीय स्थान हासिल गरेका छन। प्रतियोगितामा अन्य नौ वटा विद्यालयले स्वर्ण पदक प्राप्त गरेका छन।
१६ वटा सामुदायिक र सात वटा संस्थागत गरी २३ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएकामा एउटा सामुदायिक विद्यालयले कुनै पनि खेलकुद विधामा पदक प्राप्त गर्न सकेन । फिदिम–२ को कालिका माविले कुनै पनि पदक जित्न नसकेको हो । यस्तै चार वटा विद्यालयले एक एक वटा कास्य पदक मात्रै जितेका छन । प्रतियोगितामा विभिन्न विधाका ६६ वटा स्वर्ण पदक, ६३ वटा रजत पदक र ८३ वटा कास्य पदकका लागि विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको आज सम्पन्न समापन कार्यक्रमा फिदिम माविका ब्यवस्थापन समितिका अध्यक्ष रवीन्द्रकुमार नेम्बाङको अध्यक्षता तथा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रममा फिदिमका जनप्रतिनिधिहरु, राजनीतिक दलका नेताहरु, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतले विजेता विद्यालयहरु तथा विद्यार्थीहरुलाई पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win