+
+

वडाले गर्‍यो विजेता खेलाडी सम्मान

290 पटक हेरिएको
Clock २०८१ माघ ३, बिहीबार २२:३३
-- Sponsored --

AI सारांश

Fast AI

१. कुम्मायक गाउँपालिका–१ नम्बर वडा कार्यालयले वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल जित्न सफल भएका खेलाडीहरुलाई सम्मान गरेको छ।
२. खेलाडी सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले गाउँपालिकाले खेलाडीहरुको वृद्धि र विकासको लागि बजेट बिनियोजन गरी काम गर्दै आएको बताए।
३. वडा कार्यालयले खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ, जसको उदेश्य खेलक्षेत्रको विकास र खेलाडीहरुको हौसला बढाउनु हो।

रमेश थापा
यासोक-पाँचथरको कुम्मायक गाउँपालिका–१ नम्बर वडा कार्यालयले खेलाडीहरुलाई सम्मान गरेको छ। वडाले वडा कार्यालय यासोकमा एक कार्यक्रमको आयोजना गरी खेलाडी सम्मान गरेको हो। माघे सङ्क्रान्तिको अवसरमा कुम्मायक–४ रानीगाउँको तिङदेनमा सम्पन्न भएको वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल कुम्मायक–१ यासोकले जितेको थियो। फाइनल खेल जित्न सफल भएका वडाका खेलाडीहरुलाई खादा ओढाएर नगद सहित सम्मान गरिएको वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले जानकारी दिए। खेलक्षेत्रको विकास र खेलाडीहरुको हौसला बढाउने उदेश्यले खेलाडीलाई नगद सहित सम्मान गरिएको लावतीको भनाइ छ।
खेलाडी सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले गाउँपालिकाले खेलाडीहरुको वृद्धि र विकासको लागि बजेट बिनियोजन गरी काम गर्दै आएको बताए। गाउँपालिकाबाट बिभिन्न क्षेत्रमा सहभागी भएर खेल जित्न सफल भएका खेलाडीहरुलाई बिभिन्न समयमा सम्मान गर्दै आएको बताउँदै लावतीले आगामी दिनमा पनि खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले काम गर्ने बताए।
वडा कार्यालाय कुम्मायक–४ को आर्थिक सहयोगमा खेलकुद कार्यक्रम संचालन समिति रानीगाउँले आयोजना गरेको प्रतियोगितामा आयोजक कुम्मायक–४ रानीगाउँ विरुद्ध ५–१ को फाराकिलो जित निकाल्दै कुम्मायक १ यासोक च्याम्पियन बनेको थियो। बिजेता टीमले नगद २५ हजार ५५५ रुपैयाँ ट्रफि मेडल र प्रमाणपत्र हात पारेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win