+
+

कियाचु फालेलुङद्वारा भित्तेपात्रो विमोचन

Clock २०८१ माघ १३, आईतवार २२:०१
-- Sponsored --

पाचँथर । किँरात याक्थुङ चुम्लुङ फालेलुङ गाउँपालिका कार्यसमितिले शनिबार भित्तेपात्रो विमोचन गरेको छ।
कियाचु फालेलुङ गाउँपालिका कार्यसमितिले कक्फेवा तङनाम तथा येलेतङ्बे ५०८५ को अवशरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरि प्रकाशित भित्तेपात्रो विमोचन गरेको हो।
उक्त कार्यक्रमका प्रमुख आतिथिका रुपमा किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरका अध्यक्ष सुरेन शिशिर केरुङ रहनु भएको थियो। उहाँले कार्यक्रमलाई सम्बोधन गर्नुहुदै यस कार्यले स्थानीय भाषा र संस्कृतिलाई जर्गेना गर्न महत्वपूण योगदान पु¥याउने बताउनुभयो।
कार्यक्रममा फालेलुङ वडा नं ७ का वडाअध्यक्ष टेकबहादुर केरुङ, कियाचु जिल्लाका सह–सचिव कुमार यवा मौसम, फालेलुङ–३ का वडाअध्यक्ष शक्ति केरुङ लागायतको उपस्थिति रहेको थियो।
लिम्बूजातिहरुको भाषा र श्रीजंगा लिपिको संरक्षण, बिकास र प्रचारप्रसार गर्ने उदेश्यका साथ प्रकाशन गरिएको भित्तेपात्रो विमोचन कार्यक्रम किरात याक्थुङ चुम्लुङ फालेलुङ गाउँपालिकाका अध्यक्ष सुजन मादेनको अध्यक्षतामा सम्पन्न भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस