+
+

फिदिम नगरपालिकाको निर्णय: किरिया खर्च देखि निशुल्क एम्बुलेन्स सेवा

65 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ माघ १४, सोमबार २१:०२
-- Sponsored --

रमेश थापा
पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले नगरक्षेत्रका नागरिकलाई किरिया खर्च दिने भएको छ । नगरपालिकाले “विपन्नसँग नगरप्रमुख कार्यक्रम कार्यान्वयन सम्बन्धी मापदण्ड २९८१ लागु गरे संगै नगरक्षेत्रका नागरिकलाई किरिया खर्च दिने निर्णय गरेको हो ।
नगरपालिकाको सभाहलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी कार्यपालिकाको बैठकले गरेका निर्णयहरु सार्बजनिक गर्दै ‘बिपन्नसँग नगर प्रमुख’ कार्यक्रम सम्बन्धी मापदण्ड २०८१ स्वीकृत गरेको हो । फिदिम नगरपालिकाले नगरपालिका भित्र स्थायी  बसोबास गरेका परिवारका सदस्यहरुको मृत्यु भएमा नगद रु १० हजार रुपैँयाका दरले किरिया खर्च उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख मित्रप्रसाद काफ्लेले जनाए ।
त्यस्तै नगरको अर्को महत्वपूर्ण निर्यणको रुपमा ‘कोखदेखि शोकसम्म’ कार्यक्रम मार्फत छुटसहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । गर्भवती महिलाहरुको लागि साथै ७५ बर्ष माथिका ज्येष्ठ नागरिक र ‘क’ बर्गको अपाङ्गता परिचय भएका नागरिकको लागि  जिल्ला अस्पताल र घरसम्म आवतजावत गर्न शत प्रतिशत छुट दिने निर्णय भएको छ । तर यो छुट अन्यको हकमा लागुहुने छैन । नगरक्षेत्रका अन्य नागरिकलाई भने १० प्रतिशत छुटको व्यवस्था मात्रै गरिएको प्रमुख काफ्लेले भनाइ छ । नगरपालिकाले दिएको सुविधा लिन सेवाग्राहीले सम्बन्धित वडा अथवा नजिकको स्वास्थ्य संस्थाको बिशेषज्ञ वा स्वास्थ्यकर्मीको सिफारिश लिनुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी नगरपालिका भित्र आयोजना हुने मेला, महोत्सव, सांस्कृतिक तथा खेलकुद प्रतियोगिताहरुको लागि नगरपालिकाले आर्थिक सहयोग गर्दा नगरपालिकालाई स्वतः प्रबद्र्धक र मूख्य प्रबद्र्धक हुने शर्त राखेर सहयोग गर्ने निर्णय गरेको छ । अबदेखि तीन लाखभन्दा माथिको आर्थिक सहायता उपलब्ध गराउँदा नगरपालिकालाई अनिवार्य रुपमा मूख्य प्रबद्र्धक स्वीकार गर्नुपर्ने निर्णय उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win