0 प्रतिक्रिया
फिदिम नगरपालिकाको निर्णय: किरिया खर्च देखि निशुल्क एम्बुलेन्स सेवा
AI सारांश
Fast AI१. फिदिम नगरपालिकाले नगरक्षेत्रका नागरिकलाई किरिया खर्च दिने निर्णय गरेको छ, जसमा नगद रु १० हजार रुपैँयाका दरले किरिया खर्च उपलब्ध गराउने निर्णय भएको छ।
२. नगरपालिकाले 'कोखदेखि शोकसम्म' कार्यक्रम मार्फत छुटसहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ, जसमा गर्भवती महिलाहरु, ७५ बर्ष माथिका ज्येष्ठ नागरिक र 'क' बर्गको अपाङ्गता परिचय भएका नागरिकको लागि शत प्रतिशत छुट दिने निर्णय भएको छ।
३. नगरपालिकाले मेला, महोत्सव, सांस्कृतिक तथा खेलकुद प्रतियोगिताहरुको लागि आर्थिक सहयोग गर्दा नगरपालिकालाई स्वतः प्रबद्र्धक र मूख्य प्रबद्र्धक हुने शर्त राखेर सहयोग गर्ने निर्णय गरेको छ।
रमेश थापा
पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले नगरक्षेत्रका नागरिकलाई किरिया खर्च दिने भएको छ । नगरपालिकाले “विपन्नसँग नगरप्रमुख कार्यक्रम कार्यान्वयन सम्बन्धी मापदण्ड २९८१ लागु गरे संगै नगरक्षेत्रका नागरिकलाई किरिया खर्च दिने निर्णय गरेको हो ।
नगरपालिकाको सभाहलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी कार्यपालिकाको बैठकले गरेका निर्णयहरु सार्बजनिक गर्दै ‘बिपन्नसँग नगर प्रमुख’ कार्यक्रम सम्बन्धी मापदण्ड २०८१ स्वीकृत गरेको हो । फिदिम नगरपालिकाले नगरपालिका भित्र स्थायी बसोबास गरेका परिवारका सदस्यहरुको मृत्यु भएमा नगद रु १० हजार रुपैँयाका दरले किरिया खर्च उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख मित्रप्रसाद काफ्लेले जनाए ।
त्यस्तै नगरको अर्को महत्वपूर्ण निर्यणको रुपमा ‘कोखदेखि शोकसम्म’ कार्यक्रम मार्फत छुटसहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । गर्भवती महिलाहरुको लागि साथै ७५ बर्ष माथिका ज्येष्ठ नागरिक र ‘क’ बर्गको अपाङ्गता परिचय भएका नागरिकको लागि जिल्ला अस्पताल र घरसम्म आवतजावत गर्न शत प्रतिशत छुट दिने निर्णय भएको छ । तर यो छुट अन्यको हकमा लागुहुने छैन । नगरक्षेत्रका अन्य नागरिकलाई भने १० प्रतिशत छुटको व्यवस्था मात्रै गरिएको प्रमुख काफ्लेले भनाइ छ । नगरपालिकाले दिएको सुविधा लिन सेवाग्राहीले सम्बन्धित वडा अथवा नजिकको स्वास्थ्य संस्थाको बिशेषज्ञ वा स्वास्थ्यकर्मीको सिफारिश लिनुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी नगरपालिका भित्र आयोजना हुने मेला, महोत्सव, सांस्कृतिक तथा खेलकुद प्रतियोगिताहरुको लागि नगरपालिकाले आर्थिक सहयोग गर्दा नगरपालिकालाई स्वतः प्रबद्र्धक र मूख्य प्रबद्र्धक हुने शर्त राखेर सहयोग गर्ने निर्णय गरेको छ । अबदेखि तीन लाखभन्दा माथिको आर्थिक सहायता उपलब्ध गराउँदा नगरपालिकालाई अनिवार्य रुपमा मूख्य प्रबद्र्धक स्वीकार गर्नुपर्ने निर्णय उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









