+
+

प्रचण्डद्वारा तेह्रथुममा दुई सहिद पार्कको उद्घाटन र पर्यटकीय क्षेत्रको अवलोकन

47 पटक हेरिएको
Clock २०८१ माघ १४, सोमबार २२:०७
-- Sponsored --

AI सारांश

Fast AI

१. पुष्प कमल दाहाल (प्रचन्ड) ले तेह्रथुममा निर्माण भएका दुईवटा सहिद पार्कहरूको सोमबार उदघाटन गर्नुभएको छ।
२. लालिगुराँस नगरपालिका ७ लसुनेमा निर्मित सहिद धनरूपा स्मृति पार्क र आठराई गाउँपालिका-३ ह्वाकू बगालेगाउँमा निर्माण गरिएको बगाले सहिद स्मृति पार्कको समुदघाटन गर्नु भएको हो।
३. बगाले सहिद स्मृति पार्कको उद्घाटनमा बोल्दै प्रचन्डले देशमा काग्रेंस र माओबादीको गठबन्दन टुटेपनि तेह्रथुममा नटुटेको देख्दा सिंगो पार्टी र देशकै लागि नयॉ उदाहरण भएको आभाष व्यक्त गर्नुभयो।

तुलसी सिटौला- संघिय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचन्ड) ले तेह्रथुममा निर्माण भएका दुईवटा सहिद पार्कहरूको सोमबार उदघाटन गर्नुभएको छ। लालिगुराँस नगरपालिका ७ लसुनेमा निर्मित सहिद धनरूपा स्मृति पार्क र आठराई गाउँपालिका-३ ह्वाकू बगालेगाउँमा निर्माण गरिएको बगाले सहिद स्मृति पार्कको समुदघाटन गर्नु भएको हो। धनरूपमा सहिद स्मृति पार्कमा लालीगुराँसका ६ जना सहिदहरूको स्मारक निर्माण गरिएको छ।

बगाले सहिद स्मृति पार्कको उद्घाटनमा बोल्दै प्रचन्डले देशमा काग्रेंस र माओबादीको गठबन्दन टुटेपनि तेह्रथुममा नटुटेको देख्दा सिंगो पार्टी र देशकै लागि नयॉ उदाहरण भएको आभाष व्यक्त गर्नुभयो। पूरै जनयुद्धको इतिहासमा एकै पटक यति धेरै २१ जनाको विभत्स हत्या भएको पहिलो घटनाको रूपमा सम्झदै संवेदनशिल र मह्त्वपूर्ण रहेको बताउँनुभयो। लामो समय पछि भएपनि यस ठाउँमा आएर प्रत्यक्ष अवलोकन गर्दै विकासका निम्ति हातेमालो गर्ने अवसर पाएकोमा खुसी समेत व्यक्त गर्नुभयो। २०५८ साल माघ १४ गते तेह्रथुमको आठराई ह्वाकु बगालेमा २१ जनाको तत्कालीन राज्यपक्षबाट हत्या भएको थियो ।

तत्कालीन जनमुक्ति सेनाका १८ जना घाइतेहरू र ३ जना स्थानीयको हत्या भएको थियो। २०५८ साल माघ १० गते पाँचथरको गोपेटार आक्रमणका घाइतेहरूलाई आठराईको बगालेमा रहेको समयमा हत्या भएको थियो। बगालेमा २१ जना सहिदको अर्धकदको सालिक निर्माण गरिएको छ। घाइतेहरूलाई हत्या गरिएको घरलाई संरक्षण गरिएको छ। सोही अवसरमा सक्रान्ति बजार नजिकै युद्ध तथा शान्ति संग्राहलयको शिलान्यास समेत गर्नुभएको छ। प्रचण्डको लालीगुराँस नगरपालिकामा रहेको सांस्कृतिक पार्क चो?लुङको अवलोकन तथा आठराईको पर्यटकीय क्षेत्र झाक्री गुफाको अवलोकन समेत गर्नुभयो।

बगाले सहिद स्मृती केन्द्र आठराईका अध्यक्ष वलीराज इङनामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रचन्डको प्रमुख आथित्यता, पूर्व अर्थमन्त्री बर्षमान पुन अनन्त, पूर्व सहरी विकास मन्त्री सिता गुरूङको विशेष आथित्यता कोशी प्रदेशका पूर्व मन्त्रि दुर्गा प्रसाद चापागाई सचिन,आठराई गाउँपालिका अध्यक्ष दिल कुमार पाहिम लगायतको आतिथ्यता रहेको थियो । माघ १५ गते मंगलबार पूर्वमा माओवादी आन्दोलनका अभियानता स्वर्गीय भक्तराज कन्दङवाको आठराई ६ चुहानडॉडामा स्थापना गरिएको सालिक अनावरण तथा जिल्ला स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम समेत रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win