+
+

माओवादी केन्द्र फाकफोकथुमको अध्यक्षमा प्रकाश राई, २७ सदस्यीय कमिटी चयन

158 पटक हेरिएको
Clock २०८१ माघ १७, बिहीबार ११:२८
-- Sponsored --

AI सारांश

Fast AI

१. नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) फाकफोकथुम गाउँपालिकाको दोस्रो अधिवेशनबाट प्रकाश राई अध्यक्षमा निर्वाचित भएका छन्।
२. नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा केदारनाथ खनाल, अरुण दर्लामी र भुपाल लिम्बु चयन भएका छन् भने सचिवमा हेमकण निरौला निर्वाचित भएका छन्।
३. निर्वाचन समितिका संयोजक युद्धबहादुर बोहोराका अनुसार चयन प्रकृया सर्वसम्मत रूपमा सम्पन्न भएको हो।

इलाम- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) फाकफोकथुम गाउँपालिकाको दोस्रो अधिवेशनबाट प्रकाश राई अध्यक्षमा निर्वाचित भएका छन्। लामो समयदेखि पार्टीभित्र विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका राई यसपटक पालिका नेतृत्वमा चयन भएका हुन्। बिहीबार पालिका केन्द्र आमचोकमा सम्पन्न अधिवेशनबाट अध्यक्ष राईको नेतृत्वमा २७ सदस्यीय कमिटी चयन भएको प्रदेश सदस्य एवं पालिका सहइन्चार्ज प्रकाश परियारले जानकारी दिए।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा केदारनाथ खनाल, अरुण दर्लामी र भुपाल लिम्बु चयन भएका छन् भने सचिवमा हेमकण निरौला, सह-सचिवमा चक्र खड्का र कोषाध्यक्षमा बुद्धमाया लामा निर्वाचित भएका छन्। त्यस्तै, लक्ष्मण घतानी, छत्र दर्लामी, चुन बहादुर दाहाल, जगत बहादुर राई, याम प्रसाद अधिकारी, गोमादेवी बोहोरा, विनोद खड्का, मनकुमारी खड्का, घनश्याम लामिछाने, मीन प्रसाद राई लगायतका सदस्यहरू चयन भएका छन्। निर्वाचन समितिका संयोजक युद्धबहादुर बोहोराका अनुसार चयन प्रकृया सर्वसम्मत रूपमा सम्पन्न भएको हो।

‘भ्रष्टाचार, बेथिति, विसंगति र अराजकता विरुद्धको हाम्रो अभियान, सुदृढ संगठन निर्माणको लागि दोस्रो ऐतिहासिक पालिका सम्मेलन’ नारासहित सम्पन्न अधिवेशनमा के.बी. वान्तावाको अध्यक्षता रहेको थियो। प्रमुख अतिथि केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा (रमण) रहेका थिए भने प्रदेश सचिवालय सदस्य तथा जिल्ला सहइन्चार्ज कान्छा लावती, जिल्ला समन्वय समिति संयोजक विजय खम्बु, प्रदेश सचिवालय सदस्य ओम गुरुङ, जनम खम्बु, प्रकाश परियार, जिल्ला समन्वय समिति सदस्य पोष्टराज लामिछाने, वाइसीएल प्रदेश सदस्य भुपाल लिम्बु र सन्तोष लिम्बु लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा नवनिर्वाचित कमिटीलाई प्रमाणपत्र वितरण गर्दै सफल कार्यकालको शुभकामना तथा बधाई दिइएको थियो। कार्यक्रममा लक्ष्मण घतानीले स्वागत मन्तव्य दिएका थिए भने प्रकाश राईले सञ्चालन गरेका थिए। अधिवेशन संयोजक युद्धबहादुर बोहोरा, सदस्य सरिता राई र शेर बहादुर पाण्डेको संयोजनमा निर्वाचन प्रक्रिया सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win