+
+

माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित अभियान फागुन ३ देखि कचनकवलबाट सुरू हुने

71 पटक हेरिएको
Clock २०८१ माघ १९, शनिबार २०:१०
-- Sponsored --

AI सारांश

Fast AI

१. झापाको कचनकवल गाउँपालिकाबाट आगामी फागुन ३ गतेदेखि नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रीत अभियान शुरु हुने भएको छ।
२. हुलाकी राजमार्गदेखि शुरु हुने अभियान महाकाली पुगेर पुनः मदन भण्डारी राजमार्ग केन्द्रित भएर सोलुखुम्बुको सगरमाथाको फेदीमा समापन हुनेछ।
३. पार्टीलाई मजबुद बनाउन नेता–कार्यकता रुपान्तरण हुनुपर्ने र सुधारात्मक अन्तरविरोध आवश्यक रहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले जोड दिनुभयो।

झापा, १८ माघ । झापाको कचनकवल गाउँपालिकाबाट आगामी फागुन ३ गतेदेखि नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रीत अभियान शुरु हुने भएको छ।
पार्टीको केन्द्रीय कार्यक्रम अनुरुप देशव्यापी रुपमा कचनकवलबाट छ महिने अभियान शुरु हुन लागेको हो। हुलाकी राजमार्गदेखि शुरु हुने अभियान महाकाली पुगेर पुनः मदन भण्डारी राजमार्ग केन्द्रित भएर सोलुखुम्बुको सगरमाथाको फेदीमा समापन हुनेछ।
हुलाकी राजमार्ग केन्द्रीत अभियानका लागि आज माओवादी केन्द्र झापाको पाँचौं पूर्ण बैठकले कार्यविभाजन समेत गरेको छ। पार्टी–कार्यकर्ता परिचालनदेखि गाउँ–नगर अधिवेशन सम्पन्न गर्ने लगायतका कार्य भइरहेको पार्टीका जिल्ला सचिव मोहन टुडूले जानकारी दिनुभयो। बैठकका प्रमुख अतिथि पार्टीका उपमहासचिव हरिबोल गजुरेलले पार्टीलाई मजबुदर बनाउन नेता–कार्यकता रुपान्तरण हुनुपर्नेमा जोड दिनुभयो। पार्टी भित्रका अन्तरविरोध हटाउनु पर्ने बताउनुहुँदै उहाँले सुधारात्मक अन्तरविरोध आवश्यक रहेको औंल्याउनुभयो।

“पार्टीलाई मजबुद बनाउन सबै नेता–कार्यकताहरु तल्लो तहमा उत्रिएर वैचारिक रुपमा नागरिकलाई संगठित गर्नुपर्छ”, प्रदेश नं. १ का इञ्चार्ज समेत रहनुभएका उहाँले भन्नुभयो, “अब युवाहरु जाग्नु पनि जाग्नुपर्छ।”

पार्टी कमजोर हुनुमा नेता कमजोर नभई नीतिगत त्रुटीले गर्दा पार्टी कमजोर भएको उहाँले उल्लेख गर्नुभयो। “बिरुवा आधुनिक भए पनि परम्परागत रुपमा मजलज गर्दा प्रतिफल पाउन सकिँदैन”, उहाँले भन्नुभयो, “हाम्रो विचारमा सुधार गर्न नसक्दा पार्टी कमजोर भयो, त्यसलाई सुधार्नु पर्छ।”
बैठकमा पार्टीकी केन्द्रीय सदस्य धर्मशीला चापागाईंले पार्टीले पूर्वलाई केन्द्रले ध्यान दिनुपर्ने बताउनुभयो । पार्टीका केन्द्रीय सदस्य इन्द्र आङ्बोले पछिल्लो माओवादी पार्टीप्रति जनाधार बढेको बताउनुभयो। उहाँले उत्पादन र रोजगारीको क्षेत्रमा पार्टीले काम गर्नुपर्ने उहाँको भनाइ छ।
बैठकमा औचित्यमाथि प्रकाश पार्नुहुँदै पार्टीका झापा इञ्चार्ज झलकसिंह दर्लामीले पार्टीलाई मजबुद बनाउन पार्टीले विशेष अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। अभियानलाई सफल बनाउन पार्टीलाई एकीकृत र केन्द्रीकृत बनाउने कार्ययोजना बनाइएको उहाँले बताउनुभयो।
पार्टीका जिल्ला समन्व्य समिति झापाका अध्यक्ष राजु आचार्य (अग्नि) को अध्यक्षमा भएको कार्यक्रममा स्वागत पार्टीका कचनकवल गाउँपालिका अध्यक्ष सुकराज लिम्बूले गर्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव मोहन टुडूले गर्नुभएको थियो।
बैठकमा पार्टीका केन्द्रीय लक्ष्मीदेवी न्यौपाने, केन्द्रीय सदस्य रञ्जित तामाङ, केन्द्रीय सदस्य हरिकुमार राना, केन्द्रीय सदस्य ज्योतिसिंह दर्लामी, केन्द्रीय सदस्य भजेन्द्र चापागाईं, केन्द्रीय सदस्य लोकबन्धु कन्दङ्वा, केन्द्रीय अनुशासन आयोग सदस्य पूर्णसिंह राजवंशी, प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ, प्रदेश कोषाध्यक्ष रेवतराज पुरी लगायतको आतिथ्य रहेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win