+
+

फिदिममा पहिलो पटक जोन चाम्लिङ र ‘दि लोकल्स’ को लाइभ कन्सर्ट

238 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ फाल्गुन ६, मंगलवार १९:२५
-- Sponsored --

पाँचथर-पाँचथरको फिदिममा पहिलो पटक गायक जोन चाम्लिङ र उनको ब्यान्ड ‘दि लोकल्स’ को लाइभ कन्सर्ट फागुन १२ गते बेलुका ८ बजे बाट आयोजना हुने भएको छ। कन्सर्टमा ‘हावा जस्तै मलाई उड्न मन छ’, ‘के गरुँ म तिम्रो हुनलाई’, ‘बटुल्न खोज्दै छु झरेका सपना’ जस्ता लोकप्रिय गीतहरू प्रस्तुत गरिनेछ।

आयोजक वरदान संगितालय फिदिम र व्ल्याक विन्स क्याफे एण्ड बारद्वारा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका लागि तयारी थालिएको जनाएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै कन्सर्टबारे जानकारी गराएको हो। आयोजकका अनुसार पूर्वी पहाडमा यस प्रकारको भव्य कन्सर्ट पहिलो पटक हुन लागेको हो। ताप्लेजुङ, इलाम र तेह्रथुम मा टिकट बिक्री भइरहेको छ।

प्रचार -प्रसार समितिका संयोजक फुङ्सो जबेगू का अनुसार फागुन १० गतेसम्म अग्रिम टिकट किन्नेलाई ४ सय रुपैयाँमा टिकट उपलब्ध हुनेछ भने त्यसपछि ५ सय रुपैयाँ पर्नेछ। करिब ५ हजारदेखि ७ हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको कन्सर्टका लागि उच्चस्तरीय मञ्च र साउण्ड सिस्टम प्रयोग गरिने छ।

कन्सर्ट आयोजना गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने हाल तयारी तीव्र गतिमा अघि बढिरहेको आयोजकहरूले बताएका छन्।

तस्वीर- फुङ्सो जवेगु लिम्बू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win