Comments Add Comment

फिदिममा पहिलो पटक जोन चाम्लिङ र ‘दि लोकल्स’ को लाइभ कन्सर्ट

पाँचथर-पाँचथरको फिदिममा पहिलो पटक गायकजोन चाम्लिङ र उनको ब्यान्ड ‘दि लोकल्स’ कोलाइभ कन्सर्ट फागुन १२ गते बेलुका ८ बजे बाटआयोजना हुने भएको छ। कन्सर्टमा‘हावा जस्तै मलाई उड्न मन छ’, ‘के गरुँ म तिम्रो हुनलाई’, ‘बटुल्न खोज्दै छु झरेका सपना’ जस्ता लोकप्रिय गीतहरू प्रस्तुत गरिनेछ।

आयोजक वरदान संगितालय फिदिम र व्ल्याक विन्स क्याफे एण्ड बारद्वारा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका लागि तयारी थालिएको जनाएको छ।सोमबार पत्रकार सम्मेलन गर्दै कन्सर्टबारे जानकारी गराएको हो। आयोजकका अनुसार पूर्वी पहाडमा यस प्रकारको भव्य कन्सर्ट पहिलो पटक हुन लागेको हो।ताप्लेजुङ, इलाम र तेह्रथुम मा टिकट बिक्री भइरहेको छ।

प्रचार -प्रसार समितिका संयोजकफुङ्सो जबेगू का अनुसारफागुन १० गतेसम्म अग्रिम टिकट किन्नेलाई ४ सय रुपैयाँमा टिकट उपलब्ध हुनेछ भने त्यसपछि ५ सय रुपैयाँ पर्नेछ। करिब५ हजारदेखि ७ हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको कन्सर्टका लागिउच्चस्तरीय मञ्च र साउण्ड सिस्टमप्रयोग गरिने छ।

कन्सर्ट आयोजना गर्न करिब२५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने हाल तयारी तीव्र गतिमा अघि बढिरहेको आयोजकहरूले बताएका छन्।

तस्वीर- फुङ्सो जवेगु लिम्बू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै