+
+

दुर्गमका विद्यार्थीलाई विद्यालय पुग्नै सकस

101 पटक हेरिएको
Clock २०८१ मंसिर ६, बिहीबार २३:११
-- Sponsored --

रवीन्द्र काफ्ले

पाँचथर, ६ मङ्सिर- जिल्लाको सूदुर उत्तरी याङवरक गाउँपालिका वडा नं. १ च्याङथापूको खोलाघारीकी सुकमाया राईका नातिनीहरु यस वर्षबाट कक्षा ९ मा पढ्न थालेका छन। कक्षा ८ सम्म समरजुङमा रहेको विद्यालयमा अध्ययन गरेका उनीहरुले कक्षा ९ भने च्याङथापूको बिष्णु माध्यमिक विद्यालयमा अध्ययन गर्नुपर्छ, किनकी समरजुङको विद्यालय कक्षा ८ सम्म मात्रै छ। खोलाघारीदेखि समरजुङ र च्याङथापू पुग्न करीव समान समय लाग्छ । तर समरजुङ गाउँकै बाटो हुँदै पुगिन्छ । च्याङथापु पुग्न भने शुकमायाको घरभन्दा झण्डै २०० मिटर तल रहेको मेवा खोला पाँच पटक तर्नु पर्छ।

नातिनीहरु माथिल्लो कक्षामा पुगेर पढ्न थालेको खुशीभन्दा विद्यालय कसरी पुग्लान र कसरी फर्कलान भन्ने पीर शुकमायाको छ।  “यसपालिको बर्खामा त पानी कम परेकाले घरबाटै धाए। अर्को बर्खा यसपालि जस्तो नहोला”, उहाँले भन्नुभयो, “आउँदो वर्ष डेरा बसाउनु पर्ला । बाटो छैन्, पुल पनि छैन्। भएको पुल पनि बाढीले हिर्काएर डर मर्नु भएको छ।”

खोलाघारीकै राजेश राईका छोराछोरी पनि च्याङथापूमै पढ्दै आएका छन्। उहाँले आफ्ना छोराछोरीलाई च्याङथापूमै डेरामा राखेर पढाउन खोज्नुभएको थियो । तर छोराछोरीले अन्यसँग डेरामा बसेर पढ्न नरुचाएपछि घरैबाट धाउने गरेको उहाँको भनाइ छ । “बाढीले बाटो बगाएपछि विद्यार्थीहरुलाई एकदमै गाह्रो छ । बर्खामा पानी थपिनासाथ फड्के बगाउँछ”, उहाँले भन्नुभयो, “त्यसैले बर्खा र पानी परेको समयमा हामी नानीहरुलाई स्कुल पठाउदैनौं।”

हुन पनि यहाँबाट करीव सवा घण्टा पैदल यात्रा गरेर च्याङथापू पुग्न मेवा खोला दुई स्थानमा झोलुङ्गे पुल तथा तीन स्थानमा फड्के तर्नुपर्छ। बालबालिकाहरुलाई दुई÷तीन वटा बाँस वा रुख तेर्स्याएर बनाइएको फड्के गर्न कठिन पर्छ । त्यसमा पनि एउटा झोलुङ्गे पुल बाढीले हिर्काएर जोखिमपूर्ण बनेको छ। “नानीहरु स्कुल जाने बाटो छैन् । नानीहरुलाई स्कुल नपठाऔं भने पढाई विग्रने भयो”, पीर मान्दै राजेशले भन्नुभयो, “पठाऔं भने फर्केर आउलान कि नआउलान भन्ने तनाब हुन्छ ।”

याङवरक १ को मेवा खोलासहित उक्त खोलामा जोडिने मुरुङ्गा, देवीखोला र लम्बाखोलामा आएको बाढी तथा सयौं स्थानमा झरेको पहिरोका कारण भौतिक संरचना क्षतिग्रस्त हुँदा यहाँ मानिस हिँड्ने गोरेटो बाटोसमेत छैन। यसकारण यहाँका मगरडाँडा, खोलाघारी, मास्लोगाउँ, एकराते, चोक, फेदी, ढाँडगाउँ, याकलिङ र काङदाङका विद्यार्थीहरु अत्यधिक प्रभावित बनेका छन्।

च्याङथापु बजारबाट पर्यटकीय क्षेत्र लामपोखरी जोड्ने मोटरबाटोले यी वस्तीहरुलाई समेटेको थियो। गत वर्षको असार २ गते आएको बाढीले उक्त सडकको मेवा खोलाको किनारामा पर्ने झण्डै तीन किलोमिटर मोटरबाटोे बगाएको छ। मोटरबाटो नै यी वस्तीबाट च्याङथापू पुग्ने पैदल मार्ग समेत थियो। बाढीले दशकौंदेखिको गोरेटो बाटोसमेत क्षतिग्रस्त बनाउँदा बालबालिकाहरु विद्यालय जान समेत कठीन परेको हो।

पहिरो प्रभावित क्षेत्र ‘चोक’का जसमान राईले आफ्नो कान्छो छोरालाई च्याङथापूमै डेरा खोजेर पढाउँदै आउनुभएको छ। “कान्छो छोरा च्याङथापूमै बसेर पढ्छ । घरबाट विद्यालय जान र फर्कन कठिन भयो”, उहाँले भन्नुभयो। चोककै अशोक राईको परिवार अहिले च्याङथापु बसाईं सरेको छ। अशोककी श्रीमती धनकुमारीले भन्नुभयो, “घर बस्न जोखिमपूर्ण भयो। हिउँदमा त बस्न सकिन्छ तर पहिरोको झझल्को आइरहन्छ। खास समस्या चाहिँ बालबालिका पढाउन मुस्किल भयो। त्यसैले यता आएर बसेका छौं।”

याङवरक –१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार आफ्ना बालबालिकाहरुलाई पढाउनकै लागि यी क्षेत्रबाट कतिपय मानिसहरु बसाईं सरेका छन्। “कोही च्याङथापू झरेका छन् भने कोही झापा नै पुगे”, उहाँले भन्नुभयो, “सानो नानी हुने धेरै जनाले अहिले गाउँ छोडिसकेका छन्।” फड्के तरेर स–साना बालबालिका विद्यालय पुग्न र फर्कन डरमर्दो अवस्था रहेको वडाध्यक्ष राई वताउनुहुन्छ। “विद्यालय गएका छोराछोरी घर फर्कन टुङ्गो नहुने भएपछि गाउँ छोड्ने नै भए”, उहाँले भन्नुभयो।

२०८० साल असार २ गते आएको बाढीले मेवा खोलाको तटीय क्षेत्रमा क्षति पुर्या‍एको थियो। अत्यधिक वर्षापछि यत्रतत्र पहिरो जाँदा वस्ती बसेदेखि हालसम्म मानिस हिँड्ने गरेको खोला किनाराको गोरेटो बाटो समेत बगाएको स्थानीयवासी पञ्चध्वज राईको भनाइ छ। –––

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win