+
+

याङवरक अध्यक्ष कपको उपाधि वडा नं. ३ ओयामलाई

152 पटक हेरिएको
Clock २०८१ फाल्गुन १०, शनिबार २२:४०
-- Sponsored --

AI सारांश

Fast AI

तेस्रो अध्यक्ष कप अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सम्बन्धित ३ वटा बुँदा निम्नलिखित छन्:

१. प्रतियोगिताको उपाधि वडा नं. ३ ले जितेको छ, जसले वडा नं. ६ लाई २–० गोलअन्तरले पराजीत गरेको थियो।

२. वडा नं. ३ ले रु. ८१ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ, जबकि उपविजेता वडा नं. ६ नागीले रु. ४१ हजार पुरस्कार प्राप्त गरेको छ।

३. प्रतियोगितामा विभिन्न व्यक्तिगत पुरस्कारहरु पनि वितरण गरिएको छ, जसमा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीका लागि पुरस्कारहरु समावेश छन्।

रवीन्द्र काफ्ले

याङवरक। प्रजातन्त्र दिवसको अवसर पारेर याङवरक गाउँपालिकाले आयोजना गरेको तेस्रो अध्यक्ष कप अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. ३ ले जितेको छ।
प्रतियोगिता थर्पु क्याम्पसको खेलमैदानमा फागुन ७ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको थियो। याङवरक गाउँपालिकाका ६ वटा वडाका फुटवल टिमको सहभागिता रहेको प्रतियोगिताको उदघाटन गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास) ले गर्नुभएको थियो।
शुक्रवार सम्पन्न फाइनल खेलमा वडा नं. ६ लाई २–० गोलअन्तरले पराजीत गर्दै वडा नं. ३ ओयामले उपाधि उचालेको हो। ओयामका लागि सुदीप योङ्याले दुवै गोल गरेका थिए। उपाधि उचालेसँगै वडा नं. ३ ले रु. ८१ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै उपविजेता वडा नं. ६ नागीले रु. ४१ हजार पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगितामा वडा नं. ५ तृतीय भएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नं. ६ का अर्जुन योङहाङ, उत्कृष्ट गोलरक्षक वडा नं. ३ का रञ्जन नुगो, उत्कृष्ट डिफेन्डर वडा नं. ३ कै सुजन योङ्या, सर्वाधिक गोलकर्ता सुदीप योङ्या (वडा नं. ३) र आकाश लिम्बू (वडा नं. ४) तथा उदयमान खेलाडी वडा नं. ४ का पर्कल काम्बाङ घोषित भए।
प्रतियोगिताको समापन कार्यक्रम हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। यस्तै याङवरक गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधि तथा ब्यवसायीहरुको मैत्रीपूर्ण फुटबल खेल समेत सम्पन्न भएको छ। उक्त मैत्रीपूर्ण खेल कर्मचारीको टिमले जितेको थियो।
खेलाडीहरुको पहिचान गर्ने, खेलाडीको प्रतिभालाई उजागर गर्न मद्दत गर्ने तथा गाउँपालिकाको खेलकुद क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या (सुवास) ले वताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win