+
+

नेपाल माझी उत्थान संघ पाँचथरको दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा राम प्रसाद माझी

Clock २०८१ फाल्गुन ९, शुक्रबार १६:३८
-- Sponsored --

इवारा जवेगु लिम्बु 

पाँचथर । नेपाल माझी उत्थान संघ जिल्ला समिति पाँचथरको दोस्रो अधिवेशन फागुन ६ गते मंगलबार सम्पन्न भएको छ।

नेपाल माझी उत्थान संघ जिल्ला समिति, पाँचथरको आयोजनामा फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ को संगमस्थल माझीटारमा फागुन ६ गते दोस्रो अधिवेशन सम्पन्न भएको हो। उक्त अधिबेशनबाट हिलिहाङ गाउँपालिका वडा नं ७ का वडासदस्य समेत रहनुभएका राम प्रसाद माझि अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। समितिको अध्यक्षमा माझिसंगै उपाध्यक्षमा विर वहादुर माझि, सचिव विमला माझि, सह– सचिव ममिता माझी, कोषाध्यक्ष रिता माझि निर्वाचित हुनुभएको छ। यस्तै सदस्यहरुमा बिमला माझी, रनबहादुर माझी, मंगलबहादुर माझी, दिलमाया माझी र चनु माझी गरी ११ सदस्यीय समिती निर्वाचित भएको नवनिर्वार्चित अध्यक्ष राम प्रसाद माझिले बताउनुभयो।

दोस्रो अधिबेशनमा प्रमुख अथितिको रुपमा फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले रहनुभएको थियो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्नुहुदै माझि समुदायले यहाँको आवश्यकता अनुसार आम्दानी गर्ने माध्यम खोज्नुपर्ने र नगरपालिकाले यसमा बजेट विनियोजन गर्ने बचन दिनुभयो। दुई वटै पालिका मिलेर समस्याको समाधानमा लाग्ने पनि उहाँको भनाई छ । कार्यक्रममा हिलिहाङ गाउँपालिकाका अध्यक्ष समर अधिकारी, फिदिम ४ का वडाअध्यक्ष उपेन्द्र लावती, हिलिहाङ ७ का वडाअध्यक्ष धनकुमार पन्थाक, माझी उत्थान संघका केन्द्रिय उपाध्यक्ष कुष्ण माझी लगायतले मन्तव्य राख्नुभएको थियो।

दोस्रो अधिबेशनबाट अध्यक्ष बन्नुभएका माझिले सिमान्तकृत जातिको रुपमा रहेको माझि समुदायको हकहित र अधिकारको निमित्त लागि परेर कामगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। कार्यक्रम माझि उत्थान संघ जिल्ला समिति पाँचथरका निवर्तमान अध्यक्ष जस बहादुर माझिको अध्यक्षतामा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस