+
+

माओवादीको अभियान छाढेर हिँडे नारायणकाजी, बोल्न नदिएको गुनासो

189 पटक हेरिएको
Clock २०८१ फाल्गुन १३, मंगलवार १४:०४
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्न ३ वटा बुँदामा छ:

* माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा कोशी प्रदेशको मोरङमा तराई–मधेश जागरण अभियानका क्रममा आयोजित सभामा सम्बोधन गरिरहेका छन्।
* माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अभियान छाडेर चितवन पुगेका छन् र उनले जनतासँग माओवादी तराई–मधेस जागरण अभियान उद्घाटनका क्रममा आफूलाई बोल्नका लागि अवरोध सिर्जना गर्न खोजिएको बताएका छन्।
* श्रेष्ठले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकताबद्ध ढङ्गले अघि बढाउन प्रतिबद्ध रहेको बताए र उक्त घटनाले तराई–मधेश जागरण अभियानलाई कुनै असर नपर्ने स्पष्ट पारे।

काठमाडौं, १३ फागुन । प्रमुख प्रतिपक्षी दल माओवादी अहिले तराई–मधेश जागरण अभियानका क्रममा कोशी प्रदेशको मोरङमा छ। मोरङको कानेपोखरी गाउँपालिकामा आयोजित सभालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन्।

माओवादीले अभियानको तेस्रो दिनसम्म पार्टीका पदाधिकारी कोशी प्रदेशमै रहने निर्णय गरेको थियो। जसमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिव र सचिवहरू सबैजना झापा, मोरङ र सुनसरीमा रहने भनिएको थियो। तर माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अभियान छाडेर हिँडेका छन्। उनी मंगलबार चितवन पुगेका छन्।

चितवन पुगेर श्रेष्ठले जनतासँग माओवादी तराई–मधेस जागरण अभियान उद्घाटनका क्रममा आफूलाई बोल्नका लागि अवरोध सिर्जना गर्न खोजिएको बताएका छन्। उनले अध्यक्ष प्रचण्डको आग्रहमा आफूले उद्घाटन समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रूपमा अवरोध गर्ने स्थिति उत्पन्न भएकाले मन्तव्यलाई अघि नबढाएको बताए। 

झापाको कचनकवलमा आयोजित उद्घाटन कार्यक्रममा भएको घटनालाई सामान्य रूपमा लिन आग्रह गर्दै उनले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकताबद्ध ढङ्गले अघि बढाउन प्रतिबद्ध रहेको बताए। उनले जनतासँग माओवादी तराई–मधेश जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपर्ने स्पष्ट पारे। श्रेष्ठले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरूको भावनालाई सकारात्मक रूपमा लिँदै सार्वजनिक रूपमा नै क्षमायाचना गर्न चाहेको बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win