+
+

पाँचथर गोल्डकप : तेस्रो क्वाटरफाइनलमा मछिन्द्र क्लब र हिमालय शेर्पाको खेल आज

154 पटक हेरिएको
Clock २०८१ फाल्गुन २६, सोमबार ०८:१५
-- Sponsored --

AI सारांश

Fast AI

पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लब काठमाडौं र हिमालय शेर्पा क्लब काठमाडौंविच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख १ हजार १ सय ११ रुपैँया प्राप्त गर्दा उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्नेछ।
प्रतियोगितामा नेपालका चार ए डिभिजन सहित ८ टिमको सहभागिता रहेको छ।

पाँचथर । पाँचथरको फिदिममा जारि ५ औँ संस्करणको पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको आज तेस्रो क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लब काठमाडौं र हिमालय शेर्पा क्लब काठमाडौंविच प्रतिस्पर्धा हुदैछ।
फिदिम माविको खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगिता दिनको २ः३० बजेदेखी हुने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले बताए।
फागुन २४ गतेदेखी शुरु भएको खेलको फाइनल खेल चैत्र २ गते हुनेछ। प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख १ हजार १ सय ११ रुपैँया प्राप्त गर्दा उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्नेछ।
प्रतियोगिताको हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार ५ सय, उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र सर्वाधिक गालकर्ताले १० हजार रुपैया पुरस्कार पाउनेछन्। त्यस्तै म्यान अफ दि टुर्नामेन्ट र राईजिङ प्लेयरले १५ हजार र खेलको फ्यान अफ दि म्याचले २ हजार ५ सय प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा नेपालका चार ए डिभिजन सहित ८ टिमको सहभागिता रहेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win