0 प्रतिक्रिया
अछाममा एमालेको नेतृत्व सर्वसम्मत चयन
AI सारांश
Fast AIनिम्नलिखित ३ वटा बुँदामा नेपाली समाचारको छोटो सारांश लेखियो छ:
* नेकपा एमाले अछामको अध्यक्षमा शिवप्रसाद उपाध्याय सर्वसम्मत चयन भएका छन् ।
* उपाध्यायको नेतृत्वमा ८७ सदस्यीय नयाँ कमिटी निर्विरोध चयन गरिएको छ ।
* नवौं जिल्ल्ला अधिवेशनबाट उपाध्यक्ष, सचिव, सहसचिव, र जिल्ला कमिटीको सदस्यमा विभिन्न व्यक्ति निर्वाचित भएका छन् ।
अछाम, १७ वैशाख । नेकपा एमाले अछामको अध्यक्षमा शिवप्रसाद उपाध्याय सर्वसम्मत चयन भएका छन् ।
मंगलबार सम्पन्न नवौं जिल्ल्ला अधिवेशन उपाध्यायको नेतृत्वमा ८७ सदस्यीय नयाँ कमिटी निर्विरोध चयन गरेको हो । जसअनुसार नवनिर्वाचित अध्यक्ष उपाध्याय हाल एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सचिवालय सदस्य थिए।
नवौं जिल्ल्ला अधिवेशनबाट उपाध्यक्षमा तिलक कुँवर, सचिवमा हिरण्य भट्टराई, सहसचिवमा गौमती शाही र टोपबहादुर शाही निर्वाचित भएका छन भने जिल्ला कमिटीको सदस्यमा खुला, महिला र युवा दशवटै स्थानीय तहको प्रतिनिधित्व हुने गरेर ६७ जना, समावेशीतर्फको दलित, आदिवासी जनजाति, अल्पसंख्यक, अपाङ्गताबाट ११ जना जिल्ला कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









