+
+

नेपाल पुलिसलाई हराउदै नमो बुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश

135 पटक हेरिएको
Clock २०८१ फाल्गुन २७, मंगलवार २२:३६
-- Sponsored --

AI सारांश

Fast AI

१. नमो बुद्ध युथ फुटबल क्लब पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ, जसले विभागिय टोलि नेपाल पुलिस क्लबलाई ३–० गोलले हरायो।
२. नमो बुद्धका विदेशी खेलाडी एलेक्सले खेलको ३९ औं मिनेटमा र इन्ज्युरी समयमा गरी २ गोल गरेका थिए, जबकि अर्का खेलाडी दिपेश चाम्लिीङ राईले खेलको ६५औँ मिनेटमा एक गोल थपेका थिए।
३. प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन २८ गते हुनेछ, जसमा आयोजक विजेता टोलि इन्ट्रा पथरी ११ र दोस्रो क्वाटरफाइनलमा हिमालय शेर्पा क्लब विजेता टोलि मछिन्द्र फुटबल क्लबविच प्रतिस्पर्धा हुनेछ।

पाँचथर । विभागिय टोलि नेपाल पुलिस क्लबलाई हराउदै नमो बुद्ध युथ फुटबल क्लब पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिदिम मा.विको खेल मैदानमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिसलाई ३–० गोलले हरायो । नमो बुद्धका विदेशी खेलाडी एलेक्सले खेलको ३९ औं मिनेटमा र इन्ज्युरी समयमा गरी २ गोल गरेका थिए । अर्का खेलाडी दिपेश चाम्लिीङ राईले खेलको ६५औँ मिनेटमा एक गोल थपेका थिए।
नेपाल पुलिसले भने पाएको राम्रा अवसरहरु गुमाउदा अंक बनाउन सकेन । आजको खेलको म्यान अफ दि म्याच नमो बुद्धका एलेक्स बनेका छन् । उनले नगद रु ७ हजार ५ सय पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन २८ गते हुनेछ । उक्त दिन पहिलो खेलको आयोजक विजेता टोलि इन्ट्रा पथरी ११ र दोस्रो क्वाटरफाइनलमा हिमालय शेर्पा क्लब विजेता टोलि मछिन्द्र फुटबल क्लबविच प्रतिस्पर्धा हुनेछ।
फागुन २४ गते शनिबारदेखी शुरु भएको प्रतियोगितामा ४ ओटा ए डिभिजन टोलि सहित ८ टोलिको सहभागिता रहेको छ। ५ औँ संस्करणको पाँचथर गोल्डकपको फाइनल खेल चैत्र २ गते हुनेछ।
प्रतियोगिताका विजेताले उपाधी सहित नगद ११ लाख १ हजार १ सय ११ प्राप्त गर्दा उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ। विद्यागतर्फ पनि पुरस्कारको व्यवस्था रहेको आयोजक पाँचथर क्लब पाँचथरका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win