पाँचथर । विभागिय टोलि नेपाल पुलिस क्लबलाई हराउदै नमो बुद्ध युथ फुटबल क्लब पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिदिम मा.विको खेल मैदानमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिसलाई ३–० गोलले हरायो । नमो बुद्धका विदेशी खेलाडी एलेक्सले खेलको ३९ औं मिनेटमा र इन्ज्युरी समयमा गरी २ गोल गरेका थिए । अर्का खेलाडी दिपेश चाम्लिीङ राईले खेलको ६५औँ मिनेटमा एक गोल थपेका थिए।
नेपाल पुलिसले भने पाएको राम्रा अवसरहरु गुमाउदा अंक बनाउन सकेन । आजको खेलको म्यान अफ दि म्याच नमो बुद्धका एलेक्स बनेका छन् । उनले नगद रु ७ हजार ५ सय पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन २८ गते हुनेछ । उक्त दिन पहिलो खेलको आयोजक विजेता टोलि इन्ट्रा पथरी ११ र दोस्रो क्वाटरफाइनलमा हिमालय शेर्पा क्लब विजेता टोलि मछिन्द्र फुटबल क्लबविच प्रतिस्पर्धा हुनेछ।
फागुन २४ गते शनिबारदेखी शुरु भएको प्रतियोगितामा ४ ओटा ए डिभिजन टोलि सहित ८ टोलिको सहभागिता रहेको छ। ५ औँ संस्करणको पाँचथर गोल्डकपको फाइनल खेल चैत्र २ गते हुनेछ।
प्रतियोगिताका विजेताले उपाधी सहित नगद ११ लाख १ हजार १ सय ११ प्राप्त गर्दा उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ। विद्यागतर्फ पनि पुरस्कारको व्यवस्था रहेको आयोजक पाँचथर क्लब पाँचथरका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए।