Comments Add Comment

अफगानिस्तानमा बस दुर्घटनामा परी ५० जनाको मृत्यु

काबुल, ४ पुस । अफगानिस्तानमा बस दुर्घटना हुदाँ ५० जनाको मृत्यु भएको छ ।

दक्षिणपूर्वी अफगानिस्तानमा दुईवटा राजमार्ग दुर्घटनामा परी ५० जनाको मृत्यु भएको हो ।

तालिबान सरकारका प्रवक्ताका अनुसार सो दुर्घटनामा परी थप ७६ जना घाइते भएका छन्, केहीको अवस्था चिन्ताजनक रहेको छ ।

काबुल–कान्दाहार राजमार्गमा बुधबार अबेर राति एउटा यात्रुवाहक बस र तेल ट्याङ्करको एक आपासमा ठक्कर हुदाँ सो दुर्घटना भएको गजनी प्रान्तका गभर्नरका प्रवक्ता हाफिज उमरले बताए।

अर्को दुर्घटना त्यही राजमार्गको फरक क्षेत्रमा थियो, जसले अफगानिस्तानको राजधानीलाई दक्षिणसँग जोड्ने गरेको छ ।

‘घाइतेहरूलाई गज्नीको अस्पतालमा लगिएको छ र अधिकारीहरूले शव परिवारलाई हस्तान्तरण गर्ने प्रक्रियामा छन्,’ ओमारले भने। गम्भीर अवस्थाका बिरामीहरूलाई भने राजधानी काबुलमा उपचारका लागि गरिएको छ । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै