+
+

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय पाँचथरको निरीक्षण

87 पटक हेरिएको
Clock २०८२ जेष्ठ २८, बुधबार ११:१५
-- Sponsored --

AI सारांश

Fast AI

१. कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जेष्ठ २७ गते जिल्ला प्रहरी कार्यालय पाँचथरको निरीक्षण भ्रमण गर्नु भएको छ।
२. निरीक्षण प्रश्चात प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई प्रमुखहरु समेतलाई आवश्यक निर्देशन दिनुभएको छ।
३. निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख कार्कीले उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत समेत गर्नु भएको थियो।

पाँचथर, जेठ २७ गते 

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जेष्ठ २७ गते जिल्ला प्रहरी कार्यालय पाँचथरको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नु भएको छ । निरीक्षण प्रश्चात प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई प्रमुखहरु समेतलाई आवश्यक निर्देशन दिनुभएको छ ।

निर्देशनको क्रममा वँहाले प्रहरीको आचरण, व्यवहारमा सुधार ल्याई अनुशासित भई चेन अफ कमाण्ड अनुसार दैनिक काम काम कारबाही गर्न निर्देशन दिनुभयो । साथै वहाँले गरिब, पिडित, असहायहरुलाई पहिलो प्राथमिकतामा राख्दै सम्पुर्ण नागरीक प्रति समान ब्यवहारका साथ मिठो बोली बचन र ब्यवहारका साथ प्रदर्शन हुन निर्देशन दिनुभयो । निर्देशनकै क्रममा वहाँले सुरक्षाकर्मी शारिरीक तथा मानसिक रुपमा स्वस्थ्ये र सुरक्षित भए मात्र आम नागरिकलाई सुरक्षाको प्रत्याभुति दिन सक्ने भएको हुँदा प्रहरी मानसिक तथा शारिरीक रुपमा स्वस्थ्य रहन र बर्षातको समयमा हुने विपदका घटनाहरुमा तत्काल उद्दार कार्यमा आवश्यक उद्दार सामाग्री सहित परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिनु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख कार्कीले उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत समेत गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय पाचँथरका प्रमुख प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीले प्रदेश प्रहरी प्रमुख कार्कीलाई पाँचथर जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु लगायतका विषयहरुमा अवगत गराउनु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win