+
+

फाल्गुनन्द २, इम्बूङमा विभिन्न खेलकुद तथा सांगितिक कार्यक्रम सम्पन्न

78 पटक हेरिएको
Clock २०८१ मंसिर ३, सोमबार १९:४३

????????????

-- Sponsored --

AI सारांश

Fast AI

१. नुमाफुङ युथ क्लव फिदिम सिवाले फाल्गुनन्द गाउँपालिका वडा नं.२, इम्बूङमा सम्पन्न खुल्ला नकआउट पुरुष फुट्बल प्रतियोगिताको उपाधि जितेको छ।
२. एस एस एफ सी सुकेपोखरीले महिला नकआउट फुट्बल प्रतियोगिताको उपाधि जित्दै दश हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
३. राम धमला र उत्तम राईको टिमले प्रथम पुरुष बि लेबल खुल्ला ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुँदै नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

दिपक दुलाल, मंसिर २
बराहक्षेत्र कात्र्तिके पूर्णिमा मेलाको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.२, इम्बूङमा सम्पन्न खुल्ला नकआउट पुरुष फुट्बल प्रतियोगिताको उपाधि नुमाफुङ युथ क्लव फिदिम सिवाले हात पारेको छ।
आज सम्पन्न फाइनल खेलमा नाम्तोक क्लव फाक्तेपलाई पेनाल्टी सुटआउटमा ४ का विरुद्ध ५ गोलले पराजित गर्दै नुमाफुङ युथ क्लवले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट खेलको नतिजा निकालिएको थियो।
प्रतियोगितामा विजेता बनेको नुमाफुङ युथ क्लवले नगद एक लाख दश हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको नाम्तोक क्लवले सत्तरी हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
यसै गरी महिला नकआउट फुट्बल प्रतियोगिताको उपाधि भने एस एस एफ सी सुकेपोखरीले हात पारेको छ । फाइनलमा फेमेसुवा लुम्फाबुङलाइ शुन्यका विरुद्ध दुइ गोलले पराजित गर्दै एस एस एफ सी सुकेपोखरीले उपाधि जितेको हो। महिलातर्फको विजेताले दश हजार र उपविजेताले पाँच हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको टु स्टार ग्रामिण सिर्जनशील क्लवका अध्यक्ष अर्जुन नेम्वाङले बताउँनुभयो।


यस्तै सोहि अवसरमा कर्ण शान्ति प्रतिष्ठानको मुख्य प्रायोजन तथा टु स्टार ग्रामिण सिर्जनशील क्लवको आयोजनामा प्रथम पुरुष बि लेबल खुल्ला ब्याडमिन्टन प्रतियोगिता समेत सम्पन्न भएको छ। ब्याडमिन्टन प्रतियोगितामा राम धमला र उत्तम राईको टिम प्रथम तथा साहिल राई र पाङवीर नेम्वाङको टिम द्धितिय भएका छन्। प्रतियोगिताको प्रथमलाई नगद १० हजार,द्धितियलाई नगद ७ हजार र तृतिय हुने टिमलाई २ हजार ५ सय रुपैयाँको दरले नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक रामभक्त नेम्वाङले जानकारी दिनुभयो।
प्रतियोगिताका विजेता टिम तथा खेलाडिहरुलाई समापन कार्यक्रमका प्रमूख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो। प्रतियोगिता फाल्गुनन्द २ स्थित सत्यहाङ्मा माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन गरिएको थियो।
कात्र्तिके पूर्णिमाको अवसरमा बराहक्षेत्र कात्र्तिके पूर्णिमा मेलासँगै स्थानिय टु स्टार ग्रामिण सिर्जनशील क्लवको आयोजनामा फुट्बल, ब्याडमिन्टन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको हो । कात्तिके पूर्णिमा मेलाकै अवसरमा रष्ट्रिय कलाकारहरु बिनोद राई,नन्दि गुरुङ लगायतको उपस्थितिमा सांगितिक कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
खेल तथा मेला सञ्चालनका लागि फाल्गुनन्द गाउँपालिका वडा नं.२ को कार्यालय,इम्बुङले २ लाख रुपैयाँ अर्थिक सहयोग गरेको थियो। यस्तै विभिन्न संघसंस्था तथा सहयोगी दाता महानुभावहरुबाट आर्थिक सहयोग संकलन भइ कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win