+
+

हङकङको अदालतले प्रजातन्त्र समर्थक १४ कार्यकर्तालाई दोषी ठहर, आजीवन काराबास हुनसक्ने

222 पटक हेरिएको
Clock २०८१ जेष्ठ १७, बिहीबार ०८:४८
-- Sponsored --

AI सारांश

Fast AI

हङकङको अदालतले १४ जना प्रजातन्त्र समर्थक कार्यकर्तालाई दोषी ठहर गरेको छ, जो २०२१ मा भएको अनौपचारिक प्राथमिक निर्वाचनमा भाग लिएको आरोपमा मुद्दा चलाइएको थियो। यी कार्यकर्ताहरूले हङकङ सरकारलाई पतन गर्न खोजेको आरोप लगाइएको छ, र तिनीहरूलाई आजीवन कारावासको सजाय हुनसक्छ।

दोषी ठहरिएका १४ जनामा पूर्व सांसदहरू लिउङ क्वोक–हङ, लाम चेउक–टिङ, हेलेना वङ र रेमण्ड चान रहेका छन्, जो हङकङको राजनीतिक प्रतिपक्षलाई दबाउन सुरक्षा ऐनलाई कसरी प्रयोग गरिँदैछ भन्ने कुरा यस घटनाले देखाएको छ।

यस निर्णयले हङकङमा राजनीतिक प्रतिपक्षलाई दबाउनका लागि सुरक्षा ऐनको प्रयोगको कुरा पुनः उजागर गरेको छ, जसले हङकङको स्वतन्त्रता र स्वायत्ततालाई खतरा हुनसक्छ।

काठमाडौँ । हङकङको अदालतले १४ जना प्रजातन्त्र समर्थक कार्यकर्तालाई दोषी ठहर गरेको छ । यो निर्णय चीनले बनाएको कानुनको आधारमा दिएको हो, जसले यहाँको विरोधको आवाजलाई पूर्ण रूपमा मेटाएको छ ।

दोषी ठहर भएकामा पूर्व सांसदहरू लिउङ क्वोक–हङ, लाम चेउक–टिङ, हेलेना वङ र रेमण्ड चान रहेका छन् । यो मुद्दा सरकारले छानेको तीन न्यायाधीशको इजलासले सुनुवाइ गरिरहेको थियो । यी न्यायाधीशहरूको प्यानलले यस मुद्दामा पूर्व जिल्ला काउन्सिलर ली यु-शुन र लरेन्स लाउलाई सफाइ दिएको छ।

यस मामिलामा दोषी ठहर भएका १४ जनालाई आजीवन कारावासको सजाय हुनसक्छ ।

दोषी ठहरिएका १४ जनामा गोर्डन एनजी, ट्याट चेङ, क्लेरिस येउङ, माइकल पाङ, क्याल्भिन हो, हेलेना वोङ, सेज टक-लोय, ग्वेनेथ हो, रेमण्ड चान, ओवेन चाउ, लाम चेउक-टिंग, लेउंग क्वोक-हंग, रिकी ओर र विनी यु रहेका छन् ।

२०२१ मा भएको अनौपचारिक प्राथमिक निर्वाचनमा भाग लिएको आरोपमा मुद्दा चलाइएका ४७ प्रजातन्त्र समर्थकहरूमध्ये यी १४ जना थिए । अभियोजन पक्षले यी व्यक्तिहरूले हङकङ सरकारलाई पतन गर्न खोजेको आरोप लगाएका छन् ।

सन् २०१९ मा ठूला सरकार विरोधी आन्दोलनपछि राजनीतिक प्रतिपक्षलाई दबाउन सुरक्षा ऐनलाई कसरी प्रयोग गरिँदैछ भन्ने कुरा यस घटनाले देखाएको यस मुद्दालाई नजिकबाट पछ्याउनेहरू बताउँछन् ।

योसँगै चीन र हङकङका सरकारहरूले भने यो कानुनको सहायताले सरकारमा स्थायित्व आएको र न्यायिक स्वतन्त्रता पनि सुरक्षित भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win