+
+

वन डढेलो नियन्त्रण सञ्जालको १ दिने क्षमता विकास तालिम सम्पन्न

169 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ चैत्र १०, आईतवार ०८:५८
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:

१. पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडामा सामुदायिक वन्यजन्तु शिकार तथा वन डढेलो नियन्त्रण सञ्जालको १ दिने क्षमता विकास तालिम शनिबार सम्पन्न भएको छ।

२. तालिममा वन डढेलोका कारणहरु, रोकथामका उपायहरु, वन डढेलो न्यूनिकरणका उपायहरु, डढेलो लागिसकेपछि नियन्त्रण गर्ने तरिकाहरु, वन डढेलो नियन्त्रण गर्दा ध्यान दिनुपर्ने कुराहरु, तथा डढेलो नियन्त्रण गर्ने रणनीति लगायतका विषयमा छलफल भएको थियो।

३. तालिममा डढेलो नियन्त्रण सञ्जालका पदाधिकारीहरुको सहभागिता रहेको थियो र डिभिजन वन कार्यालय पाँचथरका वन अधिकृत जमान सिं मोक्तान, सव डिभिजन वन कार्यालय राँकेका वन अधिकृत धर्मदेव ठाकुर, सहायक अधिकृत सुमन भट्टराई, सामुदायिक वन महासंघ प्रदेश सचिव देवी नेउपाने लगायतले तालिमको सहजीकरण गर्नुभएको थियो।

दिपक दुलाल,चैत ९
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडामा सामुदायिक वन्यजन्तु शिकार तथा वन डढेलो नियन्त्रण सञ्जालको १ दिने क्षमता विकास तालिम शनिबार सम्पन्न भएको छ।
तालिममा वन डढेलोका कारणहरु, रोकथामका उपायहरु, वन डढेलो न्यूनिकरणका उपायहरु, डढेलो लागिसकेपछि नियन्त्रण गर्ने तरिकाहरु, वन डढेलो नियन्त्रण गर्दा ध्यान दिनुपर्ने कुराहरु, तथा डढेलो नियन्त्रण गर्ने रणनीति लगायतका विषयमा छलफल भएको थियो।
सुख्खा तथा हावाहुरीको समय शुरु भएसँगै वन डढेलो लाग्ने सम्भावना हुने भएकोले यसलाई न्यूनिकरण गर्ने उद्धेश्यले सञ्चालन गरिएको तालिममा डढेलो नियन्त्रण सञ्जाललाई डढेलो नियन्त्रणका सामग्रीहरु हस्तान्तरण गर्नुका साथै डढेलो नियन्त्रण गर्ने प्रयोगात्मक अभ्यास समेत गरिएको थियो।
सामुदायिक वन महासंघ फेकोफोन पाँचथरको सहकार्यमा डिजिन वन कार्यालय पाँचथर मार्फत सव डिभिजन वन कार्यालय राँकेले आयोजना गरेको तालिममा डढेलो नियन्त्रण सञ्जालका पदाधिकारीहरुको सहभागिता रहेको थियो।
तालिमको सहजीकरण डिभिजन वन कार्यालय पाँचथरका वन अधिकृत जमान सिं मोक्तान, सव डिभिजन वन कार्यालय राँकेका वन अधिकृत धर्मदेव ठाकुर, सहायक अधिकृत सुमन भट्टराई, सामुदायिक वन महासंघ प्रदेश सचिव देवी नेउपाने लगायतले तालिमको सहजीकरण गर्नुभएको थियो।
यसअघि हरिलाल तुम्रोकको संयोजकत्वमा सँके सव डिभिजन वन कार्यालय अन्तर्गतको १५ सदस्यीय वन डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको थियो। कार्यक्रममा विभिन्न वन उपभोक्ता समितिका पदाधिकारीहरु, सुरक्षाकर्मी प्रहरीहरु, जननिर्वाचित प्रतिनिधीहरु, संघ संस्थाका प्रतिनिधीहरु लगायतको उपस्थिती रहेको थियो। कार्यक्रम फाल्गुनन्द १ का वडासदस्य कमला पराजुली दुलालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win