+
+

अलैंचीको भविष्य सुरक्षित गर्न ‘गुणस्तर’ नै प्रमुख आधार

103 पटक हेरिएको
Clock २०८१ चैत्र १८, सोमबार २२:५५
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरमा अलैँची बगानबाट कृषकले राम्रो आम्दानी कमाउने गरेको छ, तर बगानमा आउने समस्याले कृषकलाई मार परिरहेको छ।
२. अलैँची कृषकहरुले गुणस्तरमा सुधार गर्नुपर्ने बताइएको छ, जसमा बगान ब्यवस्थापन, मलखादको उचित प्रयोग, माटो परिक्षण, रोगी बिरुवाको ब्यवस्थापन मुख्य सर्त हुन।
३. अलैँची उत्पादनमा ह्रास आउने अनुमान छ, तर गुणस्तरमा सुधार हुन सके बजार आफै बन्दैजाने हो, जसका लागि कृषकको तहबाटै सचेतनाको जरुरी छ।

सरोज शर्मा/पाँचथर १८ चैत्र

पहाडी जिल्लाको प्रमुख नगदेबाली अलैँची आम्दानीको राम्रो स्रोत मानिन्छ। पाँचथरमा अहिले चालु अलैँची ९८ हजार प्रतिमन र राम्रोलाई एक लाख दुई हजार सम्ममा कृषकले बिक्री गरिरहेका छन । यो अन्य नगदेबालीको तुलनामा राम्रो हो। आम्दानी जसरी हुन्छ त्यसको तुलनामा कृषकलाई अलैँची जोगाउन सोही अनुसार समस्या परिरहेको छ। बगानमा आउने समस्याले सबैभन्दा मार कृषकलाई परिरहेको छ। कृषकको आर्थिक अवस्था सुधार्ने कृषि उपज बचाउने मुख्य माध्यम भनेकै गुणस्तरमा सुधार गर्नुपर्ने अलैँची बिज्ञहरुले निश्कर्ष निकालेका छन।

पाँचथरको राँकेमा आयोजित अलैँची गुणस्तर सुधार र बजारिकरण सम्बन्धी कार्यक्रममा सहभागीहरुले गुणस्तर पहिलो सर्त भएको बताए। कृषकरुकै अनुभवमा पनि गुणस्तरिय उत्पादन दिन सके बजारको चिन्ता गर्नु नपर्ने बताए। अलैँची कृषक कुमार तामाङका अनुसार सहज र लगातार सेवा दिन सके गुणस्तरमा सुधार गर्न सकिन्छ । के गर्ने भन्ने बिषय कृषकले थाहा पाउनु पर्यो । उनले भने–बगानमा समाधानको भरपर्दो माध्यम नभेट्दा कृषकलाई समस्या हुने गरेको छ। गुणस्तर सुधार गर्नलाई बगान सुधार गर्नु पहिलो सर्त हो । अलैँची बिकास केन्द्र फिक्कलका प्राबिधिक दिल बहादुर श्रेष्ठले भने–बगान ब्यवस्थापन, मलखादको उचित प्रयोग, माटो परिक्षण, रोगी बिरुवाको ब्यवस्थापन अलैँची सुधारका मुख्य सर्त हुन ।

गुणस्तरलाई केन्द्रमा राखेर बगान बिस्तार गर्ने हुँदा हावापानी मिल्दो रोपण पहिलो सर्त हो । त्यसका लागि केन्द्रले उचाई अनुसारका अलैँची जात सिफारिस गरेको छ । ६ सय देखी १२ सय मिटर उचाई सम्म जिर्मले, डम्बर साइ, १२ सय देखी १६ सय मिटर सम्मका लागि गोलसाइ, १५ सय देखी २२ सय मिटर सम्मको उचाईमा रामसाइ, भार्लाङ जातको अलैँची केन्द्रले सिफारिस गर्ने गरेको उनले जानकारी दिए । गुणस्तर सुधारमा माटो परिक्षण पनि मुख्य सर्तमा पर्छ। केन्द्रका अनुसार ४ दशमलव ५ देखी ६ दशमलव ५ पिएच मापन भएको माटो उपयुक्त हुन्छ।

कृषकले यी सबै तयारी गरेपछि मात्रै गुणस्तरलाई कायम गर्न सक्छन। कार्यक्रममा सहभागी कृषकहरुका लागि सरकारले प्रदान गर्ने सेवासंगै बित्तिय संस्थाले प्रदान गर्ने ऋण सौलियत सेवाका बारेमा समेत जानकारी गराईएको थियो । कार्यक्रममा इलाम र पाँचथरका ५० बढी अलैँची कृषक सहभागी थिए । पाँचथरमा मात्रै गत असोजमा आएको बाढी पहिरोका कारण १० करोड मुल्य बराबरको अलैँची बगानमा क्षति भएको छ । त्यसको क्षतिपुर्तीका बिषयमा पनि सरकारी तवरबाट राहतका कार्यक्रमको माग कृषकको छ । नेपालका ४२ पहाडी जिल्लाहरूमा अलैंची उत्पादन हुन्छ । कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, खोटाङ, भोजपुर र तेह्रथुममा अलैँची खेती हुन्छ । आर्थिक बर्ष २०७९/०८० मा सात हजार सात सय ६३ दशमलव ८७ मेट्रकि टन अलैंची उत्पादन भएको थियो । आर्थिक बर्ष २०८०/०८१ मा घटेर सात हजार पाँच सय ८२ दशमलव ०२ मेट्रकि टन उत्पादन भयो । यो वर्षको करबि २० प्रतशितले अलैंची उत्पादनमा ह्रास आउने अनुमान छ।

कृषकले गुणस्तरमा मेहनत गरेको भएपनि बिश्व बजारमा हुने प्रतिस्पर्धाले त्यसमा थप सुधारको खाँचो रहेको अलैँची ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्राईले बताए। गुणस्तरमा सुधार हुन सके बजार आफै बन्दैजाने हो। उनले भने–त्यसका लागि कृषकको तहबाटै सचेतनाको जरुरी छ। अलैँचीको सुधार गर्न स्थानीय तहले सहकेको पहल गरिरहेको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले बताए । सकेको गरिरहेका छौँ उनले भने प्राबिधिक जनशक्ती मुख्य कुरा रहेछ, त्यसमा सबै तहका सरकार मिलेर काम गर्नु पर्ने अवस्था छ । नेपालका लागि अलैँची निरियातमुखी उत्पादन हो । आयात प्रतिस्थापनका दृष्टीले पनि अलैँची बचाउनु मुख्य बिषय बनेको जानकारहरु बताउँछन । नेपाली बजार आयातमुखी भइरहेको अवस्थामा अलैँचीले मात्रै सुधारका संकेत दिनेहुनाले राज्यले लगानी बढाएर त्यस क्षेत्रमा गर्नुपर्ने थुपै्र काम रहेको उद्योग बाँणिज्य संघका केन्द्रिय सदस्य दिपक नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win