+
+

तमोर नदीमा वेवारिसे शव फेला

546 पटक हेरिएको
Clock २०८१ माघ १०, बिहीबार ०८:४८
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको तुम्वेवा गाउँपालिका-१ र तेह्रथुमको छथर गाउँपालिका-४ को सिमानामा पर्ने तमोर नदीको बीचभागमा वेवारिसे अवस्थामा एक मानव शव फेला परेको छ।
२. स्थानीयले माघ ८ गते दिउँसो करिब ३:३० बजे खोलाको बीचमा माटोमा अड्किएको शव देखेपछि साँझ ४:२५ बजे प्रहरीलाई खबर गरेका थिए।
३. घटनास्थलमा सुरक्षा व्यवस्था मिलाउँदै कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पतालको शवगृहमा पठाइएको छ।

पाँचथर, माघ १०

पाँचथरको तुम्वेवा गाउँपालिका-१ र तेह्रथुमको छथर गाउँपालिका-४ को सिमानामा पर्ने तमोर नदीको बीचभागमा वेवारिसे अवस्थामा एक मानव शव फेला परेको छ।

स्थानीयले माघ ८ गते दिउँसो करिब ३:३० बजे खोलाको बीचमा माटोमा अड्किएको शव देखेपछि साँझ ४:२५ बजे प्रहरीलाई खबर गरेका थिए। सूचना पाउनासाथ प्रहरी चौकी नावाखोलाबाट टोली घटनास्थलमा पुगेको थियो। साथै, जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षकको कमाण्डमा विशेष टोली खटाई शवको प्रारम्भिक अनुसन्धान गरिएको छ।

शव माटोमा अड्किएको अवस्थामा उतानो देखिएको थियो। घटनास्थलमा सुरक्षा व्यवस्था मिलाउँदै कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पतालको शवगृहमा पठाइएको र शवको पहिचान हुन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win