+
+

पाँचथरमा निजामती कर्मचारी संगठनद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

631 पटक हेरिएको
Clock २०८२ बैशाख २१, आईतवार १८:५७
-- Sponsored --

AI सारांश

Fast AI

१. नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति पाँचथर तथा राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि., पाँचथरको संयुक्त आयोजनामा "सार्वजनिक सेवा प्रवाह, सुशासन, ट्रेड युनियन अधिकार तथा सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम" फिदिममा सम्पन्न भएको छ।
२. प्रशिक्षणमा सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण नेपाल निजामती कर्मचारी संगठनका कोशी प्रदेश उपाध्यक्ष सरस्वती शिवाकोटीले प्रदान गर्नु भएको थियो, जसले सहकारी क्षेत्रको महत्व र यससँग सम्बन्धित शिक्षा प्रवर्धनको पक्षमा चर्चा गर्नु भएको थियो।
३. कार्यक्रममा निजामति कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष श्री भवानी न्यौपाने दाहालले “सुशासन, ट्रेड युनियन अधिकार तथा संगठन सुदृढीकरणमा हाम्रो भूमिका” शीर्षकमा प्रशिक्षण दिनुहुँदै संगठनात्मक सुदृढीकरण, कर्मचारीको भूमिकाको सशक्तिकरण तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्धनमा कर्मचारीहरूको योगदानका बारेमा चर्चा गर्नुभयो।

फिदिम, पाँचथर

नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति पाँचथर तथा राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि., पाँचथरको संयुक्त आयोजनामा “सार्वजनिक सेवा प्रवाह, सुशासन, ट्रेड युनियन अधिकार तथा सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम” फिदिममा सम्पन्न भएको छ।

कार्यक्रममा अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता प्रशिक्षणहरूले कर्मचारीहरूको व्यावसायिकता, उत्तरदायित्व र संगठनात्मक एकता अभिवृद्धिमा सकारात्मक योगदान पुर्‍याउने धारणा राख्नुभएको थियो।

प्रशिक्षणमा सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण नेपाल निजामती कर्मचारी संगठनका कोशी प्रदेश उपाध्यक्ष सरस्वती शिवाकोटीले प्रदान गर्नु भएको थियो, जसले सहकारी क्षेत्रको महत्व र यससँग सम्बन्धित शिक्षा प्रवर्धनको पक्षमा चर्चा गर्नु भएको थियो।

नेकपा (एमाले) कोशी प्रदेशका सचिव श्री राजकुमार भण्डारीले “संघीयतामा जबज र वर्तमान राजनीतिक अवस्था” विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले संघीय प्रणालीका सिद्धान्त, कार्यान्वयनका चुनौतीहरू र समसामयिक राजनीतिक परिदृश्यका बारेमा आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो।

त्यसैगरी, निजामति कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष श्री युवाचन्द्र घिमिरेले “संघीय निजामति कर्मचारी ऐन र कर्मचारीका सवालहरू” विषयमा प्रशिक्षण दिनुभयो। उहाँले कर्मचारी हकहित, नीति निर्माण, सरुवा, पदस्थापन र सेवाशर्तका सम्बन्धमा जानकारी दिनुभएको थियो।

 

निजामति कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष श्री भवानी न्यौपाने दाहालले “सुशासन, ट्रेड युनियन अधिकार तथा संगठन सुदृढीकरणमा हाम्रो भूमिका” शीर्षकमा प्रशिक्षण दिनुहुँदै संगठनात्मक सुदृढीकरण, कर्मचारीको भूमिकाको सशक्तिकरण तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्धनमा कर्मचारीहरूको योगदानका बारेमा चर्चा गर्नुभयो।

कार्यक्रममा पाँचथर जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागिहरूले यस्ता प्रशिक्षण कार्यक्रमले कर्मचारीहरूको दक्षता, जागरूकता र संगठनप्रतिको प्रतिबद्धता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीका अध्यक्ष श्री विष्णुप्रसाद सापकोटा ‘बिमल’, सचिव श्री पृथ्वी लावती, उपसचिव श्री तुलसी थापा, निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्यहरू, प्रदेश इञ्चार्ज, अध्यक्ष तथा उपाध्यक्षहरू, साथै नेपाल निजामती कर्मचारी संगठनका विभिन्न गाउँपालिकाका कमिटी अध्यक्ष तथा पदाधिकारीहरूको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन पाँचथरका जिल्ला अध्यक्ष मिलन राईको अध्यक्षतामा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win