+
+

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

79 पटक हेरिएको
Clock २०८२ बैशाख २३, मंगलवार १८:१०
-- Sponsored --

AI सारांश

Fast AI

गणतन्त्र दिवस २०८२ को अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिवसलाई भव्य रूपमा मनाउन निर्देशन दिएका छन् । यो दिवस जेठ १४, १५ र १६ दिवसमा मनाइने निर्णय गरिएको छ । मुख्यमन्त्री कार्कीले दिवसलाई दिवसका रूपमा मात्र होइन यसलाई सबैले अपनत्व गरी मनाउनुपर्ने बताएका छन् ।

यस दिवसको आयोजना गर्न मूल समारोह समिति गठन गरिएको छ । मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धि सम्बन्धमा अन्तरक्रिया र कार्यक्रमको आयोजना गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री कार्कीले गणतन्त्र प्राप्त भएपछि पछिका उपलब्धिलाई आम नागरिकमा जानकारी गराउने र यो व्यवस्थाप्रतिको भरोसा जगाउन पनि दिवसलाई भव्य रूपमा मनाउनुपर्ने बताएका छन् ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  गणतन्त्र दिवस २०८२ दिवसको रूपमा नभई भव्य रूपमा मनाउन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज गणतन्त्र दिवस मनाउने तयारी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसलाई सबैले अपनत्व हुनेगरी मनाउनुपर्ने बताए ।

उनले भने,‘दिवसलाई दिवसका रूपमा मात्र होइन यसलाई सबैले अपनत्व गरी मनाउनुपर्छ । गणतन्त्रलाई बलियो र संस्थागत बनाउनका लागि यो दिवस भव्य रूपमा मनाउ।’

बैठकले आगामी  जेठ १४, १५ र १६ दिवसमा भव्य रूपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री कार्कीले गणतन्त्र प्राप्त भएपछि पछिका उपलब्धिलाई आम नागरिकमा जानकारी गराउने र यो व्यवस्थाप्रतिको भरोसा जगाउन पनि दिवसलाई भव्य रूपमा मनाउनुपर्ने बताएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जनाएका छन् ।

मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धि सम्बन्धमा अन्तरक्रिया र कार्यक्रमको  आयोजना गर्न निर्देशन दिए । दिवस मनाउन मुख्यमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win