+
+

देउमाई नगरपालिका इलामको पहिलो ‘पूर्ण खोप पालिका’ घोषणा

132 पटक हेरिएको
Clock २०८२ बैशाख २५, बिहीबार २२:१८
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:

* देउमाई नगरपालिका, इलाम जिल्लाको पहिलो "पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका" घोषित भएको छ।
* नगरका सबै लक्षित बालबालिकाले अनिवार्य खोप सेवा प्राप्त गरेपछि नगरपालिकलाई पुर्णखोप सुनिस्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।
* देउमाई नगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी रूपमा बालबालिकाको स्वास्थ्य सुरक्षामा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेको छ।

देउमाई, इलाम -देउमाई नगरपालिका इलाम जिल्लाको पहिलो “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका” घोषित भएको छ। नगरका सबै लक्षित बालबालिकाले अनिवार्य खोप सेवा प्राप्त गरेपछि नगरपालिकलाई आज पुर्णखोप सुनिस्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।

देउमाई नगरपालिका, स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका–४ स्थित नगर कार्यालयमा सम्पन्न विशेष समारोहको प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई रहनुभएको थियो, कार्यक्रम नगर प्रमुख सूर्य प्रसाद पोख्रेलको अध्यक्षता भएको थियो भने स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद भट्टराईले कार्यक्रम को औचित्य माथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख पविमाया राई, प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर दाहाल, वडा अध्यक्षहरू, स्वास्थ्य कार्यालय इलामका प्रतिनिधि, स्थानीय स्वास्थ्य संस्था प्रमुखहरू, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, पत्रकार, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको शान्तिडाँडा स्वास्थ्य चौकी प्रमुख राजेन्द्र ढुङ्गेलले जानकारी गराउनुभएको छ । वक्ताहरूले खोप सुनिश्चिततालाई जनस्वास्थ्य सुरक्षाको मेरुदण्डको रूपमा व्याख्या गर्दै देउमाई नगरपालिकाले देखाएको नेतृत्व, समन्वय र प्रतिबद्धताको उच्च प्रशंसा गरेका थिए। कार्यक्रममार्फत देउमाई नगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी रूपमा बालबालिकाको स्वास्थ्य सुरक्षामा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win