+
+

भरुवा बन्दुक पड्किँदा फिदिमका एक युवकको ज्यान गयो

312 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ जेष्ठ १, बिहीबार ०८:४६
-- Sponsored --

फिदिम, पाँचथर – वैशाख ३१

पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ स्थित जंगलमा भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ। घटना मिति २०८२ साल वैशाख ३० गते राति करिब ११:३५ बजे भएको हो।

प्रहरीका अनुसार फिदिम नगरपालिका–९, दरेनी निवासी ३३ वर्षीय मन बहादुर सम्बाहाम्फे र अन्दाजी २० वर्षीय सुन्दर सारु मगर भरुवा बन्दुकसहित जंगल गएका थिए।

उनीहरूले साथमा लिएको भरुवा बन्दुक अचानक पड्किँदा सुन्दर सारु मगरको पेटमा चोट लागेको थियो।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी नवमीडाँडाबाट खटिएको टोलीले घाइते सुन्दरलाई तत्काल जिल्ला अस्पताल पाँचथर ल्याएको थियो। तर अस्पतालमा चेकजाँच गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतकसँगै जंगल गएका मन बहादुर सम्बाहाम्फेलाई घटनाको भोलिपल्ट (वैशाख ३१ गते) भरुवा बन्दुकसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, घटना स्थल प्रहरी चौकी नवमीडाँडाबाट करिब ८ किलोमिटर पूर्व पर्छ।

प्रहरीले घटनाबारे आवश्यक प्रमाण संकलन, बन्दुकको परीक्षण तथा संलग्नताका आधारमा अनुसन्धानलाई तीव्र पारेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win