+
+

कुम्मायक गोल्डकप : फाल्गुनन्द गाउँपालिका सेमिफाइनमा

291 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ जेष्ठ ३, शनिबार ०८:०५
-- Sponsored --

रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकामा जारी छैटौ संस्करणको कुम्मायक गोल्डकप प्रतियोगितामा कुम्मायक गाउँपालिकालाई हराउँदै फाल्गुनन्द गाउँपालिका सेमिफाइनमा प्रवेश गरेको छ । हिजोदेखि सुरु भएको पृथ्वी माविमा सम्पन्न भएको पहिलो खेलमा कुम्मायकलाई ४–१ को फराकिलो अन्तरले हराउँदै फाल्गुनन्द सेमिफाइनलमा प्रवेश गरेको हो । फाल्गुनन्दको तर्फबाट खेलको ४ औं मिनेटमा आशिस नेम्वाङले सुरुवाती गोल गरे । भने १९ औं मिनेटमा लक्ष्मण चेम्जोङले गोल गर्दै अग्रता बनाए । खेलको दोस्रो हाफको ६४ मिनेटमा आशिस नेम्वाङ र अतिरिक्त समयमा पुनःलक्ष्मण चेम्जोङले गोल गर्दै ४–१ को अग्रता बनाए।
दबावमा परेको कुम्मायकको तर्फबाट शुसिल लावतीले पहिलो हाफको ३१ औं मिनेटमा सान्तवना गोल फर्काएका थिए । कुम्मायकका निश्चल बस्नेतले रेडकार्ड पाउँदै खेलबाट बाहिरिएका थिए । निर्धारित समयमा कुनै पनि गोल गर्न नसक्दा कुम्मायकले फराकिलो हार भोग्न बाध्य भयो। प्रतियोगिताको उकृष्ट खेलाडी फाल्गुनन्दका लक्ष्मण चेम्जोङ घोषित हुदै नगद ३ हजार हात पारे ।
प्रतियोगिताको बिजेताले नगद १ लाख २५ हजार ५५५ रुपैयाँ सहित चाँदीको ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले ७५ हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । आजको दोस्रो दिनको पहिलो खेल म्याङलुङ नगरपालिका तेह्रथुम र याङवरक गाउँपालिका पाँचथर बीच हुनेछ । त्यस्तै दोस्रो खेल फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका र तेस्रो खेल तुम्बेवा र फालेलुङ गाउँपालिका बीच हुने आयोजक कुम्मायक स्पोटिङ क्लवले जनाएको छ । प्रतियोगिता जेठ ५ गतेसम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win