0 प्रतिक्रिया
कुम्मायक गोल्ड कप: फिदिम र हिलिहाङ तथा तुम्बेवा र फालेलुङबीच आजको भिडन्त
AI सारांश
Fast AI१. छैटौं कुम्मायक रनिङ गोल्ड कप–२०८२ अन्तर्गत आज दुई रोमाञ्चक खेलहरू हुने भएका छन्।
२. नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा आजका विजेताहरू सेमिफाइनलमा प्रवेश गर्नेछन्।
३. प्रतियोगिताको विजेताले रु. १,२५,५५५ नगद, चाँदीको रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
मनोज थापा
कुम्मायक गाउँपालिका केन्द्र यासोकमा जारी छैटौं कुम्मायक रनिङ गोल्ड कप–२०८२ अन्तर्गत आज दुई रोमाञ्चक खेलहरू हुने भएका छन्। पहिलो खेल दिउँसो १:०० बजे फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका बीच हुनेछ भने दोस्रो खेल दिउँसो ३:०० बजे तुम्बेवा गाउँपालिका र फालेलुङ गाउँपालिका बीच हुनेछ। नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा आजका विजेताहरू सेमिफाइनलमा प्रवेश गर्नेछन्।
कुम्मायक स्पोर्टिङ क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता यस वर्ष “आठ वटा स्थानीय तहको सहभागिता कुम्मायकको शान, स्थानीय खेलकुद विकासमा कुम्मायक स्पोर्टिङको अभियान” भन्ने नारासहित सञ्चालन भइरहेको छ। आयोजकका अनुसार प्रतियोगितामा पाँचथर जिल्लाका सात पालिकासहित म्याङलुङ नगरपालिकाले अतिथि टिमको रूपमा सहभागिता जनाएका छन्।
प्रतियोगिताको विजेताले रु. १,२५,५५५ नगद, चाँदीको रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. ७५,५५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडी, विधागत उत्कृष्ट र म्यान अफ द म्याच लाई क्रमशः रु. १५,०००, ५,०००, ३,००० को पुरस्कार प्रदान गरिनेछ। स्थानीय खेलकुद प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यसहित सञ्चालन भएको प्रतियोगिताप्रति खेलप्रेमी र स्थानीयवासीको उल्लेखनीय चासो देखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









