+
+

के हो चट्याङ, कसरी बच्ने?

107 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ जेष्ठ ४, आईतवार ११:५१
-- Sponsored --

AI सारांश

Fast AI

नेपालमा चट्याङको सिजन अप्रिलदेखि सेप्टेम्बर महिनासम्म हुन्छ, जुन बेला प्रि-मनसुन र मनसुनको अवधि पर्दछ र वायुमण्डल अस्थिर हुन्छ।
चट्याङ एक प्रकारको ‘इलेक्ट्रिक चार्ज’ हो जो बादलका विपरीत दिशा आपसमा जुधेपछि उत्पन्न हुन्छ, यसैलाई ‘बिजुली चम्केको’ भनिन्छ।
चट्याङबाट बच्ने उपाय सावधानी हो, जसमा घरको बिजुली प्रवाह हुने ‘वायरिङ’मा विशेष ध्यान दिनुपर्छ, ‘अर्थिङ’ उपयुक्त माध्यम हो, र बिजुली चम्किएका बखत घरबाहिर वा खुला ठाउँमा नहिँड्नु पर्छ।

काठमाडौं – अहिले चट्याङको सिजन छ। दिनहुँ धनजनको क्षति भएको समाचार आइरहेका छन्।

सप्तरीमा शनिबार बिहान चट्याङ लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ, अर्का सात वर्षीय बालक घाइते छन्। 

चट्याङ पर्ने मुख्य सिजन नेपालमा अप्रिलदेखि सेप्टेम्बर महिनासम्म हो। यो समयमा प्रि-मनसुन र मनसुनको अवधि पर्दछ, जुन बेला वायुमण्डल अस्थिर हुन्छ र मेघगर्जनसहित वर्षा हुने सम्भावना बढी हुन्छ।

विशेषगरी, वैशाख, जेठ, असार र साउन महिनामा चट्याङको जोखिम उच्च रहन्छ। दिउँसोको समयमा र साँझपख चट्याङ बढी पर्ने सम्भावना हुन्छ।

प्राध्यापकका अनुसार चट्याङ एक प्रकारको ‘इलेक्ट्रिक चार्ज’ हो। बादलका विपरीत दिशा आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ। यसैलाई ‘बिजुली चम्केको’ भनिन्छ। दुई बादल जुधेपछि ठूलो आवाज निस्किन्छ। 

‘एकपटक बिजुली चम्किँदा १२ करोड, ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ,’ प्राध्यापक रामचन्द्र अधिकारी भन्छन्, ‘३० हजार डिग्री सेन्ट्रीग्रेटसम्म तापक्रम फाल्छ, यो तापक्रम सूर्यको भन्दा बढी हो।’ 

यो तापक्रम र आगोको मुस्लो जमिनबाट दस किलोमिटर माथिसम्म हुन्छ। अधिकारीका अनुसार यो जमिनसम्म आउने हो भने ठूलो जनधनको क्षति हुन्छ। ‘कुमोलो निम्बस’ नामको बादलबाट उत्पन्न हुने चट्याङ भने यदाकदा जमिनसम्म आउने गर्छ र यसैले भौतिक र मानवीय क्षति गर्छ।

‘त्यो आगोको मुस्लो जमिनमा आइपुगे घरहरू सल्किन्छन्,’ अधिकारी भन्छन्, ‘त्यसलाई पानीले पनि निभाउन सकिँदैन।’ 

चट्याङबाट मृत्यु हुने गरेका अधिकांश मानिसहरू कोही गाईभैंसी चराउन खुला ठाउँमा भएको बखत, कोही खेतबारीमा काम गरिरहेको बखत र खुला ठाउँमा हिँडिरहेको बखत थिए भन्ने विवरण आउने गरेको छ। विशेषगरी चट्याङले खुला ठाउँमै आक्रमण गर्छ। ठूलो रूख छेउछाउ, अग्ला टावरहरूमा आक्रमण गर्छ। 

चट्याङबाट बच्ने उपाय सावधानी हो। चट्याङबाट बच्न घरको बिजुली प्रवाह हुने ‘वायरिङ’मा विशेष ध्यान दिनुपर्छ। यसका लागि ‘अर्थिङ’ उपयुक्त माध्यम हो, जसले घरमा चुहावट भएको करेन्टलाई बाहिर जमिनसम्म पुग्न दिँदैन। अर्थिङमा एकप्रकारको ‘इलेक्ट्रिक यन्त्र’ जडान गरिएको हुन्छ। 

‘अर्थिङ’ले बिजुली चम्किँदा निस्केको करेन्ट र घरको करेन्ट जोडिन दिँदैन। जसले गर्दा घर सुरक्षित हुन्छ। 

‘आवाजले डराउनु पर्दैन। बिजुली चम्किँदा डराउनुपर्ने हो,’ अधिकारीले भने, ‘बिजुली चम्किँदै करेन्ट प्रवाह भइसकेको हुन्छ, यतिबेलै क्षति भइसकेको हुन्छ।’  

बिजुली चम्किएका बखत घरबाहिर वा खुला ठाउँमा नहिँड्नु चट्याङबाट जोगिनु हो। ठूला रूखका फेदमा नबसेको झनै राम्रो हुने अधिकारी बताउँछन्। ‘बिजुली चम्केका बेला इलेक्ट्रिक यन्त्रहरू प्रयोग गर्नुहुँदैन,’ अधिकारी भन्छन्, ’घरमा जडित सर्किटहरू बेला–बेला जाँच गरिरहनुपर्छ, कतै सर्किट लिक भएको छ भने चट्याङले हान्छ।’ 

त्यसैगरी, अग्ला टावरहरू चट्याङका सिकार हुन्। चट्याङबाट जोगाउन ती टावरमा विशेष किसिमले ‘अर्थिङ’ जोडिएको हुन्छ। तैपनि चट्याङले बेला–बेला टावरमा क्षति गरिरहेकै हुन्छ। यस्ता टावरको वरपर रहने घर तथा बस्ती बढी जोखिमपूर्ण हुन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win